Categories: कविता

“भानुभक्त”

नरिश्वर गौतम

अठार सय एकहत्तर सालको
असार उनन्तीस
श्रीकृष्ण बाजेको घरमा जन्मे
बालक अलौकिक
गण्डकी प्रदेश तनहुँ जिल्ला
त्यो चुँदीरम्घा गाउँ
धनन्जय-धर्मा वतीका छोराको
भानु राखियो नाउँ ।।

साहित्यप्रेमी बाजेको साथले
पाएर शिक्षा ज्ञान
लगाई सानै उमेरदेखि नै
साहित्यतिर ध्यान
रचेर सरल नेपाली भाषामा
साहित्य अनेक थरी
पु-याए घरघर नेपाली भाषामा
रामायण उल्था गरी ।।

सबभन्दा पहिले नेपाली
भाषामा कविताहरु लेखी
अनेक विधाले नेपाली
भाषाको भण्डार भरेको देखी
चिनाई सारा विश्वमा नेपाली
भाषाको एकता छवि
लेख्ने गीत गजल ती
मोतीरामले नाम दिए आदिकवि ।।

उन्नाईस सय पच्चिस असोज
६ गते छोड्यौ तिमी संसार
बिर्सनौँ कहिलै त्यो तिम्रो
योगदान रहोस् सदा अमर
सम्मान छ तिमीलाई
नेपालीजनको हे राष्ट्रिय विभूति
श्रद्धा र भक्तिले गर्छौँ
तिमीलाई नमन कोटीकोटी ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

21 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

21 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago