मन्दिरा चापागाईं
सभापोखरी -१, संखुवासभा
“भाइ सबैभन्दा सानो हो । उसले केही जान्दैन।
तिमी पो सबैकी दिदी । दिदी त ज्ञानी हुनुपर्छ नि ” सानिमाले भनिन्।
आरुसीले मुन्टो हल्लाईन।
“आन्टी ! फेरि बहिनीले चोमोटिन्।”
“बुनु पनि त तिमी भन्दा सानी हुन् । ज्ञानी छोरी , भाइबहिनीले जिस्केर चिमोट्दा पनि रुन्छन् त ? ” छ बर्षकी आरुसी आँखाभरि आँशु टिलपिल भएपनि मुसुक्क हाँसिन्।
स्कुल विदामा मामलबाट घर आएकी थिईन उनी।
त्यसैले दादालाई घुर्क्याउंँनु , खेल्नु ,लाडे पल्टिनु ,बाख्राका पाठासँग उफ्रिपाफ्री गर्नु दैनिकी बनेको थियो उनको । साँच्चै रोमान्चित, फूर्तिली र उन्मुक्त देखिएकी थिईन उनी।
“लुगा झोला जुत्ता सबै ठिक्क पारिदिएकी छु।
अब सुत। बिहान सबेरै बस आउँछ चाँडै उठ्नुपर्छ सुस्माले काखमा लिँदै भनिन्।
मामाघर नजाने । यहीँको स्कुलमा पढ्ने भनेर झगडा गर्न थालिन उनी।
मेरो जागिर घर नजिकै भएपछि नानीलाई लिन आईहाल्छु नि।
अहिले तिमीहरूलाई स्कुल पठाउँन बुबाले भ्याउँनुहुन्न र पो।
यसपालि चाहिँ जाउ है ” सुस्माले भनिन्।
“नाई नजाने।”
“माईजुले माया गर्दिनन हो ?” होइन।
“मामाले गाली गर्छ हो ?” होइन।
भाइबहिनीले पिट्छ्न भनेर हो ? होइन।
“अनि के भयो त मेरी छोरीलाई ?” सुस्माले काखमा लिएर फकाउँदै सोधिन्।
“सबैजनाले तिमी त ज्ञानी छौ , भाइबहिनी जान्दैनन् तिमी पो दिदी हौ त भन्नुहुन्छ।”
ज्ञानी दिदी भएपछि दादासँग जस्तो खेल्न पनि पाईदैन। दुख्नेगरि चिमोट्दा, पिट्दा पनि रुन मिलेन । उनीहरूले बिगार गर्दा नि मलाई पो डर लाग्छ।
ज्ञानी मान्छेले बिगार गरी भन्नुहोला भनेर।
त्यसैले मलाई त मामाघरमा ज्ञानी भै भै बस्नु भन्दा यहीँ नज्ञानी भएर बस्न मन लागेको छ।
आरुसीले हिक्क हिक्क गर्दै भनिन्।
“मलाई ज्ञानी हुनु परेको छैन ..।”
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…