शोभा कोइराला
खेतले अन्न फलाइदिन्छ प्राणीका निमित्त
बुझेर कर्म मानिस गर्छन् खानका निमित्त
दर्कियोस् पानी चर्कियोस् घाम सम्पूर्ण खपेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर ।
मस्तिष्क चङ्गा हातको ऊर्जा जमिन असार
भएमा पक्कै बन्नेछ राम्रो फसल उमार
मंसिर सम्झी गर्दछन् काम प्रेममा परेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर ।
कर्मठ बन्ने जनका निम्ति असार मुख्य छ
असार मास बाह्रमा एक महत्त्व दिव्य छ
अनाजलाई उमारिदिने जमिन हेरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर ।
मधेस हाँस्छ असार आयो भनेर रमाई
हिमाल भन्छ पहाडलाई क्या राम्रो तराई
मादल डम्फु बजाईकन उमङ्ग भरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर ।
असारलाई हर्सित पार्छन् खेतका बालीले
किसान सारा श्रममा डुब्छन् पसिना धारीले
वर्षदिन खाने बालीको रूप मनमा गमेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर ।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…