फेसबुके औषधि


दुर्गा घिमिरे

बारीको छेउमा गाँजाको एउटा बोट थियो। एक दिन हरिमानले फेसबुकमा कसैले लेखेको देखे— “गाँजाको पात औषधि हो, खाएपछि धेरै रोग निको हुन्छ।” डाक्टरको सल्लाह नलिई उनले त्यसैलाई सत्य ठाने। भोलिपल्ट बिहानै बारीमा गएर गाँजाको केही पात टिपे र चपाए। केही बेरमै उनको टाउको घुम्न थाल्यो। आँखा रातो भए। शरीर असामान्य लाग्न थाल्यो। “लौ, खोलाको भूतले समात्यो कि क्या हो!” श्रीमती आत्तिँदै कराइन्। घरमा धामीझाँक्री बोलाइयो। झारफुक गरियो। तर हरिमानको अवस्था झन् बिग्रँदै गयो। अन्ततः उनलाई अस्पताल लगियो। जाँचपछि डाक्टरले सोधे, “आज केही असामान्य कुरा खानुभएको थियो?” हरिमान केहीबेर सोचेर बोले, “बिहान फेसबुकमा देखेको भरमा औषधि सम्झेर गाँजाको पात खाएको थिएँ, डाक्टर साब।” डाक्टर मुस्कुराए, “फेसबुक डाक्टर होइन। कुनै पनि जडीबुटी वा औषधि प्रयोग गर्नुअघि विशेषज्ञको सल्लाह आवश्यक हुन्छ।” हरिमान लज्जित भए। अस्पतालबाट घर फर्कँदै उनले मनमनै सङ्कल्प गरे, “अबदेखि फेसबुकको भरमा औषधि होइन, डाक्टरको सल्लाहको भरमा मात्र उपचार गर्नेछु।” सामाजिक सञ्जालमा देखिएका सबै स्वास्थ्य सल्लाह सही हुँदैनन्। जाँच र विशेषज्ञको परामर्शबिनाको उपचार जोखिमपूर्ण हुन सक्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

3 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

3 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago