रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
असार पन्ध्र आएछ दाजै खेतमा जाने हाे
दही र च्युरा भिजाई खुब मजाले खाने हाे।
मिलाऊ माटाे बाउँसे लाठे खनेर जाेतेर
राेपाइँ गर राेपारे नानी धान याे राेपेर।
बजाऊ बाजा घन्काई पाखा घनन घनन
असारे भाका गाउदै नाँच हिलाेमै फनन।
जीवन धान्ने उपाय के छ नगरी किसानी
असार हाम्राे असाध्यै राम्राे उत्तम निसानी।
छुपुमा छुपु राेपेर धान सपाराैं असार
असार राम्राे भएमा मात्रै भरिन्छ धन्सार।
बुढा र पाका बालक युवा नबसी घरमा
खेतमा जाऊँ लाै खट्टे खाऊँ बसेर गरामा।
किसान माथि नउठे सम्म समृद्धि हुँदैन
नाराले मात्रै धान याे दिवस सफल हुँदैन।
नमानी अल्छी गरेमा काम यहींकाे माटाेमा
फुल्दछ सुन फल्दछ हीरा यहीँकाे पाटाेमा।
तरेली खेल्दा सुनाैला बाला हावाका साथमा
समाऊ साथी धानका बिउ पाैरखी हातमा।
बिन्ती म गर्छु ए दाजु भाइ विदेश नजाऊ
गाउँमै बसी खेत र बारी अन्नले सजाऊ।
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…