Categories: कविता

“असार महिना”

रञ्जुश्री पराजुली

खेतीको बेला
आमा रोप्छिन् मकै र भट्मास
हरियामकै खान्छन् नानी
भनेर सोच्दछिन्

कलीला मकै पोलेर
दिन्छन् साँधेर भटमास
गुनिलो खाजा स्वादिलो
पनि मकै भटमास

पोसिलो हुन्छ रसिलो पनि
यो हाम्रो ज्यानलाई
बिस्कुट र्चाउचाउ भन्दा नि
धेरै मन पर्छ तिनलाइ

असार मैना धान रोपाइँ
हुन्छ खेत गरा गरामा
पानी मल तीनका दाना
खोज्द छन् बेलामा

असारे भाखा तानेर
खेतमा रोपाइँ गरिन्छ
पुरुष जति बाउसे गर्छन्
हिलाम्य भएर

थकाई लाग्दा
खाजाको डिलमा बस्दछन्
आलुचिउरा चौपट्टै
मीठो खाजा त्यो असार

रोपाइँको खाजा स्वाद
जिब्रोमा बस्दछ
बीउको बिटा समाई
फेरि काममा फर्किन्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

5 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

5 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

5 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

24 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

24 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago