Categories: कविता

“असार र गीत”

घनश्याम रेग्मी

खेतको बाँझो खनेर
बाउसे हली बनेर
दिलको गरा सम्याई
गरौँ लौ धान रोपाइँ


पानीको धारो कल्कल
माटो र पानी छल्बल
तारे र माले हाँकेर
कर्मका द्यौता भाकेर
छेउ र कुना खोपेर
एउटा बीउ रोपेर
मानोले मुरी फलाऊ
भविष्य खेती फलाऊ
किसानी पेसा चोखो छ
पेटको सधैँ भोको छ
बाँडेर खान्छ सबैमा
गर्दछ गर्व यसैमा
कोमल हात चल्दछन्
कर्मको भाव बोल्दछन्
असारे भाका गाएर
मनको भाव घोल्दछन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

13 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

14 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago