पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा
घर नजिक खेत खनी, पानी लगाउनुभाे,
काेही हिले काेही फुके, बीउ जगाउनुभाे।
झम झम झरी साथै, आइहाल्याे असार,
गराहरू टम्मै डुबे, मुहान गराे रसार।
हलाेजुवा काँध हाली, बाबा खेत जानुभाे,
खेत आली बसेर, अनि खाना खानुभाे।
जाेती साई गरेकाे, लततत हिलाेमा,
रहरले मनि पसें, माटाे गिलाेगिलाेमा।
घूँडा सम्म डुब्याे जीउ, बीउ हात बाेकेकाे,
आमा सँगै मैले पनि, छुपु छुपु राेपकाे।
हार मिलाई राेप्नु पर्छ, भन्नुभयाे आमाले
हत्तेरिका म त लडें, हिलाे खायाे जामाले।
खलेगराे आएपछि, हिलाे खेल्न शुरूभाे,
जुहारीकाे भाका सुन्दा, मन फुरूफुरूभाे
हिलाे छ्यापा छ्यापभाे, हाँसी खेली रमाई
साँझ घर फर्किउँ सबै, धान राेपी सकाई।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…