घनश्याम रेग्मी
आऊ तिमी फेरि पनि
तनहुँमा भानु
भाषा सेवा गर्ने तिमी
साहित्यका रानु
राष्ट्र भाषा उठाउन
धेरै ग्रन्थ लेख्यौ
नेपालीमा एकताको
यही सूत्र भेट्यौ ।१
रामजीको प्यारो कथा
हाम्रो नेपालीमा
बोलीचाली शिक्षा दीक्षा
हाम्रै नेपालीमा
आदिकवि हाम्रा भानु
भाषा सेवी रत्न
राष्ट्रभाषा उठाउने
तिम्रो ठुलो यत्न ।२
असारको उन्तीसमा
जन्मिएका भानु
तिम्रो ठुलो योगदान
हुँदै हैन सानू
बधु शिक्षा भक्त माला
रामगीता लेख्यौ
एकताको माला यही
राष्ट्रभाषा देख्यौ ।३
तिम्रो जन्म तिथि आयो
हामीलाई गर्व
भाषा सेवा गर्नेलाई
साह्रै ठुलो पर्व
सबै मिली मनाउँछौँ
जन्मदिन तिम्रो
जय भानु जय भानु
उच्च नाम तिम्रो ।४
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…