Categories: बाल कथा

अहंकार


कल्याण पन्त

एक दिन तराईको हरियालीमा अकस्मात् लौठसल्लो देखा पऱ्यो । उसको उपस्थितिले बेग्लै तरङ्ग ल्यायो । सालका रूखहरू जुर्मुराए र यौटा सालले सोध्यो, ‘ए । लौठभाइ, हिमालको चिसो आफ्नो ठाम छोेडेर किन यहाँको तातोमा बस्न आइपुग्यौ ?’
लौठसल्लोले भन्यो, ‘यो धर्ती कसैको पेवा होइन । हावा, पानी, माटो सबैका लागि साझा हुन् ।’
जमान खराब छ भन्ने ठानेर सालहरूले अल्लि सम्झाउँदै भने, ‘यहाँको घाम तातो छ, माटो फरक छ । तिमी यहाँ बस्यौ भने एक महिनामै सिल्टिमुर खान्छौ !’
एक्लो लौठसल्लो मौन रह्यो । हुल बाँधेर सबैले एक मुख लगाएकोमा उसलाई नरमाइलो लाग्यो र सोच्यो, ‘सालहरूका अहंकारको जरा गहिरो छ, शब्दले मात्र उखेलिन्न ।’ लौठसल्लोले आफ्ना जराहरू माटोमा अझै गाड्यो, मौनतामा शक्ति खोज्यो र हिमालकै फेदीमाझैँ ध्यानमा बस्यो ।
अपरान्हमा केही बुद्धिमान प्राणीहरू बन्चरो बोकेर आए र गर्ल्याम्म सालका रूखहरू ढलाए ।
ध्यानबाट बिउँझिएर लौठसल्लोले गहिरो सास फेर्दै भन्यो, ‘ ब्रह्माण्डै आफ्नो ठान्थे, कठै सहिद भएछन् ।’

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

2 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

2 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago