“भत्किएको सपना”


रञ्जुश्री पराजुली

आफ्नो पालामा गाँउमा माध्यामिक विद्यालय थिएन । पढ्ने क्षमता भएर पनि आफुले पढन
नपाएकोमा रामहरि भाग्यलाई दोष दिन्थे । तर छोराको पालामा शिशु कक्षा देखिनै सुरु हुनेगरी माध्यमिक विद्यालय स्थापना भयो । छोरालाई आफ्नै गाउँमा पढाउन पाएँ भनेर उनी सार्है खुशी भए। चारकक्षामा स्कुल भर्ना भएर पढ्न थालेको उनको छोरा रमन कक्षामा सधैं प्रथम हुँदै माथि बढ्यो । पाए सम्म छात्रवृत्तिमा अमेरिका पढ्न जान्छु भनेर बुबाको सल्लाह अनुशार ऊ राजधानीको कलेजमा पढ्न थाल्यो। उसको मनपर्ने बिषय कम्पुटर साइन्स थियो । यो बिषय लिएर उच्च शिक्षा पास गर्यो भने दाम माम दुबै कमाइन्छ भन्ने उसले सुन्दै आएको थियो । आफ्नो बिचार बुबालाई पनि भन्यो । बुबाले खुशी साथ” हुन्छ बाबू ” भने । रमनले अनलाइन खोजी तलासी गरेर अमेरिकाको आइआइटीको प्रख्यात युनिभरसिटीमा छ महिना पछि मात्र छात्रवृत्ति पाउने गरि सिट पायो ।
गाउँमा पनि उनीहरु त्यति धनवान थिएनन् । छोराले अमेरिकामा चाहेको विषयमा पढ्न सिट पायो त्यो उनको लागि ठूलो पुरस्कार जस्तो भयो । अर्को तिर जाने खर्च र छ महिना सम्म खानेबस्ने र पढ्ने खर्च स्वदेशबाट नै पुर्याउनु पर्यो । त्यसको लागि छोराले पढेर कमाई हाल्छ । देखाजायगा भनेर उनले धान फल्ने खेत नै एक टुक्रा बेचेर पठाए । जाने बेलामा ” त्यो अनकन्टार ठाउँमा पुगेर भोकभोकै नबस्नु । मलाई थादिनु । म जसरी पनि यताबाट खर्च पठाउँछु “भन्न बिर्सिएनन्।
आफुलाई त्यति धेरै माया र भरोशा गरेर खर्च जुटाएर शिक्षा आर्जन गर्न संसारको सब भन्दा विकसित देश पठाउने बाबुलाइ “हस् बुबा ,म हजुरको शिर उचा राक्नेछु ” भन्यो।
रमन अमेरिका पुग्यो कागजी काम पूरा गरेर कलेज भर्ना भएर पढ्न थाल्यो । प्रत्यक दिन आफ्नै एकजना प्रोफेसर जो उ जसतै गरि आएको रहेछन् । उनले हप्ताको पन्ध्र घन्टा आफ्नै अफिसमा कम्प्युउटमा काम दिए । रमनले बिस्तारै माटर्स सक्यो । पन्ध्र दिन बिदामा घर गयो । गाउँ डुल्यो । बुबालाई थोर बहुत खर्चदियो । छ्ड्के तिलहरी लगाउन रहर गरेकी आमालाई पनि खर्च दियो। बुबाआमा दुबैलाई खुशी पारेर ऊ फर्कियो ।
अमेरिकामा धमाधम कामहरु कटौती हुन थाल्यो । धेरै कुरामा नियम बदलियो । कागजात बिना लुकिछिपी काम गर्नेहरुलाई देशबाट निकाल्न थालियो ।
रमनको ग्रीन कार्ड थिएन । एच ओन भिषा थियो । त्यसको आफ्नै नियमहरु थिए । एक दिन सधैँ झैँ ऊ अफिस जान तयार हुँदै थियो । कम्पियुटरमा ईमेल आयो । हेर्दा उसलाई कम्पनीले ” आजको मितिदेखि तिमी हाम्रो कर्मचारी रहने छैनौ ” भन्ने खवर आएको रहेछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

22 hours ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

22 hours ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

23 hours ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

23 hours ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

2 days ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

2 days ago