Categories: कविता

“आँसु पुछिदेऊ”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

मस्तसँग सुतेपछि मध्यराति आयाे
जाेडसित हल्लाएर खानु साताे खायाे।

बार्दलीमा उभिएर हेर्दा यताउता
मनभित्र चस्काे पस्याे मास्याे कताकता ?

फर्की आएँ बिस्तारामा जे त पर्ला भनी
विनाशकाे कुरामात्रै नाच्याे फनफनी।

समाचार पढ्दा सुन्दा मुटु काप्न थाल्याे
जाजरकोट रूकुममा धेरै घर ढाल्याे।

कति परे बुढापाका युवा लालाबाला
मान्छे खाने काल तेराे कस्ताे चालामाला ?

तिहारकाे झिलिमिली सुरू हुने बेला
गाउँ शून्य बनाउने खेलिस् कस्तो खेला ?

परिवार भुटिस् सबै थात बास खाेसिस्
चित्कारमा रमाउन निकै गरिस् काेशिस्।

नामै पापी काल उस्काे मास्ने सक्ने काम
धैर्यसाथ बाँचाैं सबै जपी प्रभु नाम ।

उद्धारमा जुटाैं सब मिलिजुली जन
सक्नेहरू समर्पण गर धन मन।

भत्किएका घरहरू पुन:उठ्नु पर्छ
राेएका यी मनहरू पुनः हाँस्नु पर्छ।

बन्द गर पाेष्ट्याउन बीभत्स यी फाेटा
सक्छाै भने बाँडिदेऊ भाेकालाई राेटा।

फाेटा खिच्नु साटाे उता आँसु पुछिदेऊ
सेवा गर आफू सक्दाे म छु भनिदेऊ।

(२०८०कार्तिक १७ गते राति गएकाे विनाशकारी भूकम्पमा परी जन धनकाे क्षति व्यहोर्नुपरेका मनहरूप्रति समर्पण स्वरूप)

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

22 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

23 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

23 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago