Categories: बाल कथा

भग्नावशेष

चूडामणि नेपाल ‘अकिञ्चन’
विराटनगर १

‘के भयो ? उठनु न भनेको ? मलाई त रिँगटा लागेजस्तो पो भयो त, सुन्नु भएन घर त गर्लाम्मै लडिसक्यो हेर्नु न भनेको ?’ निर्जला रुन थालिन ।
आफु र छोराछोरीलाई कुखुराको पोथीले चल्ला छोपेझैँ छोपेर बेहोस भएका निरजलाई घच्घचाईन । निरजले भूकम्पको पहिलो झट्कामै छानाबाट झर्न पुगेको बलोलाई समाउन पुगेछन् । उनका दुबै हात भाँचिए । तत्काल सोहोरिएर आएको माथिल्लो गाह्रोलाई उनले लात्तले अर्कोपटि ठेल्न भ्याएछन् । ठूलो ढुङ्गो टाउकोमा बजारिन पुगेछ ।
‘जाउ निर्जला आमा बुवालाई हेर छोरा छोरी लिएर बाहिर जाउ । म अब बाँच्दिन होला हेर निर्जला प्रकृतिलाई कसैले जित्न सक्दैन । हामी आफै सुरक्षित हुनु पर्छ । सुरक्षाका उपायहरु अवलम्बन गर्नु पर्छ ।
‘उठ्नु न उठ्नु केही हुन्न उनी अझ भावुक भइन । म तान्छु आउनु ।’ उनले हात दिन सकेनन् ।
बाहिर चुक घोप्टयाएजस्तो अँध्यारो थियो । छोराछोरी निदाएका हुन् कि के भएको हो उनलाई थाहा भएन । आमा बुवाको कोठा पुरै ढुङ्गाले भरिएको थियो । उनी पस्न सकिनन् । उनी आफुहरु सुत्ने कोठमा माथि आउदै थिईन । अकस्मात् बाँकी घर गल्र्याम गुरलुम्म ढल्यो । निरज चिच्याए । पानी देउन निर्जला पानी तर त्यो आवाज कसैले सुनेन ।
बाहिर छोराछोरी रोईरहेका थिए । घरभित्र भग्नावशेषमा निरजको साहस जिउँदै थियो आँट बटुलेर हातले केही समाउन खोजे तर मात्र पाखुराहरु तुर्लङ्ग झुण्डिए ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

21 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

22 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

22 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago