तुलसी पण्डित

च्यामेको चक्चकी छ अहिले । गाउँघरका प्रायः जसो उसै सँग पैसा सरसापट गर्छन् । सबैको मुखबाट एउटै आवाज निस्की रहन्छ ।
“गरे के हुँदैन यहाँ ।”
हिजो कसैले ऋण पत्याएनन् । क्याम्पसमा कृषि विषय पढ्न कम गाह्रो भो उसलाई । त्यति गाह्रो विषय पढ्नको लागि बिहान बेलुका ट्युसन पढाउथ्यो रे ।”
च्यामे अहिले खेतमा काम गरि रहन्छ । उसले चार बिघा जग्गामा तरकारी खेती गरेको छ । ऊ तरकारीमा विषादी र रासायनिक मल प्रयोग गर्दैन । गाउँघरमा पाइने औषधीजन्य बस्तुको प्रयोग गर्छ । कम्पोस्ट मल बनाउँछ । त्यही नै तरकारी बारीमा राख्छ । हेर्दै रहर लाग्दो छ तरकारी बारी । अर्गानिक तरकारी भन्दै सबैले किनेर लान्छन् । नजिकै बजार छ कतिपय बजारमा पुग्छ ।
एकदिन ट्याक्सीमा कोही व्यक्ति आयो । ऊ टयाक्सीबाट ओर्लियो ।
गुरु नमस्कार ।
“ओहो ! कति राम्रो तरकारी बारी । जस्तो सुनेथे त्यस्तै रहेछ ?”
” यो सबै हजुरले दिएको ज्ञानको सदुपयोग मात्र हो । गरे यहीँ हुँदो रहेछ जस्तो लागेछ सर अहिले । बाहिर जाने सोच थियो तर त्यागेँ ।”
“मैले दिएको ज्ञान यसरी सदुपयोग गरेको भए सबैको बनिबनाउ हुन्थ्यो । मलाई अफसोच छ प्रायः सबै बाहिर गएकोमा । ”
“गुरु मलाई त लाग्यो यहीँ बसेर केही गरौँ । सोचेँ गुरुको ज्ञानलाई नै लागू गर्छु । काम गरेँ सफल भएँ । “”तिम्रो यो सफलतामा म खुशी छु । ल म गएँ ।”
“गुरु आज गुरु पूर्णिमाको दिन हजुरलाई अर्गानिक तरकारीको कोसेली दिएँ मैले ।”
गुरुको आँखा रसाए । आँखामा आँसु टिल्पलाएको दैखेर च्यामेले सोध्यो ।
“गुरु हजुरको आँखामा आँसु किन ?”
गुरुले भन्नु भयो ।
“यो हर्षको आँसु हो ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

19 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

19 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

20 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago