टीकाराम जाेशी
टीकापुर
“आहा! कति सफा देखिएकाे?” उनले खाेलातिर हेर्दै भनिन्।
म एकछिन अकमकिएँ। उनी मेराे छेउकाे सिटमा बसेर यात्रा गरिरहेकी थिइन्। उनले काेसँग कुरा गरेकाे हाेला ? मैले आफ्नाे वरिपरि नजर दाैडाएँ। बसमा तिनी बाहेक अरु कुनै महिला थिइनन्।
मैले उनले हेरिरहेकाे दिशातिर हेरेँ।
मनमती सद्यस्नाता याैवना झैँ देखिइन्।
“बाढी नआएकाे भए त याे खाेला सुन्दर हुँदैन थियो हाेला।” मैले भने।
“खाेला आफँ फाेहर कहिले हुन्छ र ?” उनले भनिन्।
“मान्छेले बिगारिरहन्छ र प्रकृतिले सपारिरहन्छ।” मैले भनेँ।
“तर अति गरे खति हुन्छ। सन्तानले पटक पटक गल्ति दाेहर्याउँदै गरेपछि आमाले सम्झाउने गर्दिनन्। गालामा पड्काउन्छिन् पनि।” उनले भनिन्।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…