प्रह्लाद दवाडी
सिक्किम
आउ है साथी सँगै खेल्न
सँगै हामी पढौँ न
हात्ती मुसा कछुवा चितुवा
सँगै अघि बढौँ न।
सुन्न सिक्दै बोल्नु छ पढ्न सिक्दै लेख्नु छ,
ठूला ठूला सपना साची संसारमा टेक्नु छ।
साना साना हातले पेन्सिल समाई पढौं है,
हात समाई सँगै नाचौँ सँगै शिखर चढौँ है।
टोल गेडा मटेङग्रा हामी मिली खेल्नु छ,
कोदो दाल पोषणले स्वास्थ्य सधैं बन्नु छ।
फल फुल साग सब्जी चिन्दै हामी खाऊँ है,
रुखपात खोला नाला प्रकृतिमा रमाऊँ है।
हामी बजार जान्छौँ मिठाई पनि खान्छौँ,
घोडा गाडी चडेर संसार घुमी आउँछौँ।
तिमीले इन्द्रेणी कोर्नु , म बादल फोरुला,
आकाशमा उडी हामी हातले तारा सोरुला।
गणित भाषा साहित्य विज्ञान पनि सिकौँला,
धरती देखि अन्तरिक्ष सबको मणि झिकौँला।
मनमा मर्म भरी सबै हातेमालो गरौँ है
सेवा कर्म गरी हामी सुख शान्ति भरौँ है।
आउ है साथी सँगै खेल्न
सँगै हामी पढौँ न
हात्ती मुसा कछुवा चितुवा
सँगै अघि बढौँ न।
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
View Comments
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.bh/ur/register-person?ref=SZSSS70P
Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.bh/register?ref=GGYHGRE