बाबा आमा विनाको जिन्दगी

सुशिला नेपाल

शब्द शब्दमा बाड थियो जस्ले मुटुमा भाला रोपिरहेको थियो निशब्द मनलाई धर्यतालाई निकै बेर
अड्डाई सूनिरहे हेरिरहे ती बालकको आँखामा मोती जस्ता आसुँ कालो बादल सरी बगीरहेको थियो । १० बर्षको बालकका आमा बूवाको डिभोर्सको कुराले समालिन नसकेको एक बालक मानसिक रुपमा विचलित भई उसका मनमा चलेका आधिबेहरीलाई समाल्नका लागि निकै कठिन थियो । भावूक शब्दमा सुनिरहने क्षमतालाई बडाउँदै थिए । आखिर दोषी त ऊ थिएन तर समयले उसलाई निकै दोष दिदै थियो ।  यस कथा कसैको जिवनमा मेल खान गए सम्योग मात्र हुनेछ । सबैसँग माफी माग्दै बालवालिकाको मन भित्र उ्रब्जीएका सवेगलाई देखाउन खोजीएको छ र अभिभावकले निभाउनुपर्ने जिम्मेवारी के त भन्ने विषय समेटन खोजीएको छ ।
नाम परिर्वतन , प्रतिक परामर्शमा आउने वितिकै ऊ रुन थाल्यो । म्याम मलाई निकै गाहो भएको छ ।
बाबा ममीको डिभोर्स हुँदैछ । कहाँ बसूँ  बाबा आमा बिनाको जिन्दगी अन्यौलमा छु । म बाबासँग बसूँ, आमा विनाको जिन्दगी, आमासँग बसूँ बाबा विनाको जिन्दगी। मामा घर जान नि सक्दिन । किनकि तेरो ब्यवहार ठिक छैन राख्न सक्दिन भन्नुभयो । घरको हजूरबुवा आमाले माया नै गर्नुहुन्छ तर बाबा ममी सँगै बस्न मन छ । उसको भनाई सुनिरहँदा यस्तो लाग्यो  यो एक बालकको बोली होइन । हजारौँ बालवालिकामा पर्न गएको मनोभावना विचलित भएको अभिभावकलाई सन्देश हो । किनकि आजभोलि धेरै डिभोर्सका कारण बालवालिकाहरु चपेटामा परिरहेको महशुस गर्न सकिन्छ । बुवाआमाको माया परिवारको मायाको अभावले बालवालिकामा पछि देखिने मानसिक समस्यालाई केलाउन खोजौँ । होइन भने केहि बर्ष पछि समस्या विकराल हुन थाल्नेछ।
डिभोर्स जीवन जिउनका लागि एक विकल्प होला तर एक बालकका लागि त्यो नर्क सरहको बाल्यकाल बन्न पुग्छ। जीवनभर त उसलाई त समस्या त आइरहन्छ तर बाल्यकालको  मायाको अभाव संरक्षणको कमी र हेरचाहको कमीले बालबालिकाको उज्वल भविष्यलाई दागबत्ती दिइरहेका त छैनौँ ? सहन सकिदैन कतिपय सम्बन्ध तर बालवालिकाको बाल्यकाललाई ध्यान दिएर उनीहरुमा पर्ने मानसिक समस्यालाई विचार गरि अभिभावकको सम्वन्धलाई भन्दा पनि बालवालिकामा  हुनसक्ने मानसिक असर र  नकरात्मक सोच र ब्यवहारमा आउनसक्ने ब्यवहारजन्य समस्या हुन नदिन प्रयास गरौँ न । त्यो पनि सकिएन भने बुवा आमाले दिने मायाबाट बालवालिकाबाट टाढा नबनाइ दिउँ न ।
म गलत छु भने सच्चाउनु हुन अनुरोध गर्दछु । तर बालवालिकाको अगाडि झगडा अनि उनीहरुमा पर्ने असरलाई मध्यनजर नगरेमा धेरै बालावलिकामा ब्यवहारजन्य समस्या आएका छन र मानसिक समस्या तथा मानसिक रोग हुन सक्छ । त्यसैले बालावलिकालाई हुर्काउन अभिभावक दुबैले पूर्ण रुपमा आफनो कर्तब्य निभाउन आवश्यक देखिन्छ।

कामना,नाम परिर्वंतन
अर्को बालिका, कामना, उनी ५ कक्षामा पढ्छिन । उनी परामर्श कक्षमा आइन र भनिन म्याम मलाई
केहि भन्नु छ । मैले आउनुस भन्नु के भयो । मैले भनेपछि रुन थालिन पानी खान दिएँ र सोधेँ साथीले केहि भन्नुभयो कक्षामा कि घरमा कसैले केहि भनेर चित दुख्यो ? उनले भन्न थालिन म्याम मेरो बाबा कोरोनामा बित्नु भयो । सबैको बाबा गेटमा लिन आउनुहुन्छ मेरो हुनुहुन्न र मेरो ममी पनि गाउँमै घर बनाउन जानुभएको छ म आन्टी सँग बस्छु। भित्तामा बाबाको फोटो हेर्छु रुन्छु । विस्तारै सिमलका भुवा झैँ फैलिदै गएको उनको भावना सुन्दै थिएँ । उनी भन्दै गइन । म्याम मेरो मात्र बाबा किन बितेको सबैले बाबा कहाँ छ भन्छन म कसरी जवाफ दिऊँ । मैले सोधेँ के सहज हुन्छ तपाईँलाई बाबा बित्नुभयो या विदेश हुनुहुन्छ या नेपालकै कुनै ठाउँमा काम गर्नुृहुन्छ । यी मध्ये कुन ठिक लाग्छ भनी सोध्दा कामनाले भनिन,बाबा विदेश जानुभयो भनिदिन्छुु मलाई सहज त्यहि हुन्छ । कामनाको अनुहारमा हिरा चम्के जस्तै चमक देखियो । यहि मेरो लागि ठूलो प्राप्ती थियो।
साथीले सधैँ भन्छ ,मेरो बाबा इन्जिनियर हो सधैँ चकलेट ल्याउनुहुन्छ । अनि पैसा धेरै कमाउनु हुन्छ भनीरहँदा मेरो पढाइमा ध्यान नै जादैन । कक्षामा रोएर आएको भन्दै रुन थाल्नु भयो । अनी कामनाले भनिन  सायद मेरो बाबा भएको भए यस्तै भन्न पाउथेँ। किन कि म विचलित र भयवित हुन्छु । मैले के गल्ती गरेको थिएँ र मलाई बाबा टोकेकी भन्छन । मैले मारेको होइन नि ।  मलाई यस्तो नभनिदिएको भए हुने थियो । मेरो भावना मन र मलाई कस्ले बुझछ ममीलाई आफनै पिर होला तर म ममी सँग खुलेर बोल्न सक्दिन मेरो मनको चोट त्यसैले एक्लै रुन्छु। छटपट हुन्छ। कामनामा भएको सवेंगहरुलाई सन्तुलित राख्न निकै कोशिस पछि उनका पढाइमा प्रगति हुनथाल्यो। केहि हुने बितिकै मलाई सुनाउन थालिन् । साच्चिनै बालबालिलाई राम्रो बनाउन विद्यालय, अभिभावक र शिक्षकको हातमा हुन्छ । तर उनलाई घरमा कामनाको भावना मन र अध्यतापनको ब्यवस्थापन गर्न सहयोग गर्ने असल अभिभावकको कमी देखिन्छ । कामनाको ब्यवहारमा आएको परिर्वतन, अरु साथीले जे भन्यो त्यहि सही भनी गल्ती गर्ने , रफ बोल्ने, गर्न थालिन निकै प्रयास पछि उनमा अपाच्य शब्द बोल्न चाहिँ छोडिन तर उनमा ब्यवहारजन्य समस्या अझै हटेको छैन किनकि त्यहा अभिभावकसँगको कुराकानी हुन पाएको छैन । गाउँमा कामनाको ममी भएका कारण समस्या समाधानमा बाधा भइरहेको छ । कामनाको ममीसँग फोनमा कुरा गरि समाधान गर्ने कोशिस चाहिँ जारी रहनेछ।

बाल्यकालमा म लड्दा मेरा बाबा आमा हात समाउनु हुन्थ्यो तर अहिले लौरो विनाको जिन्दगी भएको छ भन्ने हामी ठूला भएकाहरु नै भन्ने गर्छौँ नि होइन र ? साच्चिनै बाल्यकाल कसलाई मन पर्दैन र तर त्यहि बाल्यकाल हुँदा खुसी भएको पल महशुस गर्याै र ? सानो हुँदा त पढ भन्ने शब्द नै विष जस्तो लाग्थ्यो। आमा बाबाले जे बोलेपनि नराम्रो लाग्थ्यो । अहिले ती पल सम्झीँदा निकै खुसी त बाल्यकाल रहेछ भन्ने महशुस धेरै मानिसको मस्तिष्कमा छ । हामी ठुला भयौँ आज अहिले ती शब्द तिता या मिठा जे भएपनि आमा बाबाले बोेलेका शब्द र त्यो माया साथ भोको पेट भएपनि आमा बाबाको हातमा निन्द्राको राजा निकै प्यारा थिए । अहिले खोजेर पाइन्छ र ? साचिनै बितेको पल निकै मिठा हुन्छन तर बाल्यकाल अभिभावक बिना के हुन्छ एकपल्ट सोचौँ त। भाग्यले खोसेका त यसै गाहो छ सँगै भएका अभिभावक पनि आफ्ना छैनन् भने अभिभावकको मुकुटको के अर्थ जहाँ जिम्मेवारी र माया नै भेटिदैन भने । कृपया अनुरोध यो छ कि बालबालिकालाई बाल्यवस्थामा पाउने सबै चिज दिने कोशिस गरौँ । उसको डिमान्ड  भन्दापनि चाहिने आवश्यक वस्तु जसले उसलाई भोलिका दिन प्रेरणा मिलोस बालावलिकाको मन बलियो होस जिन्दगी सँग लड्न सक्ने क्षमताका विकाश गराउने. क्रियाकलापमा सहभागी गरौँ । बालवालिका अवस्था पार नगरुन्जेलसम्म उनीहरुमा अभिभावकको कोलाहल र झगडा होइन उसलाई महशुस यो होस कि आमा बाबाको मायामा कमी नहोस्। आमा या बाबा जो भएपनि उसलाई सुन्ने बुझने र आफनो कुरा राख्न भन्न मिल्ने वातावरण परिवार भित्र नै र्सजना गराउने प्रयास गरौँ । समकालिन समाजमा निकै असहज परिस्थिति सामना गरिरहनु परेको छ । डिभोर्स ,वेरोजगारी, आर्थिक अभाव ,भेदभाव, झगडा आदि । तर हामीले गरेका कार्यले बालवालिकामा नकरात्मक असर नपारी बालावलिकालाई सिक्ने र सुरक्षित छु भन्ने बातावरण तयार त पक्कै गराउन सकिन्छ । हामी जहाँ छौँ जे छौँ । बालवालिकालाई म छु हामी छौँ भन्ने बोली चाहिँ पक्कै बोल्न सक्छौँ ।

सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

2 days ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

2 days ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

2 days ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

2 days ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

3 days ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

3 days ago