उमानाथ दाहाल
शिवसताक्षी नगरपालिका दूधे झापा
सुखको स्रोत हो आफैँ आफैँभित्र छ पौरख
इमान्दारी हुँदा कर्मी उठ्न सक्छौँ सगौरव।
गन्तब्य भेटिने पक्का बाटो चिन्न सक्यौँ भने
सार जन्मनुको हुन्छ माटो चिन्न सक्यौँ भने।
दादागिरी गरी धम्की ठुलो हुन्न कतै पनि
सुविचारी बने ज्ञानी मानिनेछन् ठुला अनि।
शान्त र धैर्यशालीले सर्बत्र गुन लाउँछन्
व्यभिचारी, घमण्डी चैँ श्वान झैँ दुःख पाउँछन्।
प्रेमको दीप काफी छ सबै तिक्त भगाउँन
मार्नु हुँदैन आकाङ्क्षा सक्नु पर्छ जगाउँन।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…