महेन्द्र मोक्तान
गैरीबास,कालेबुङ

“बिगारिसके सबै। के गरेका हुन् कुन्नि स्कूलका शिक्षकहरूले ?”
साँझको खाना खाँदै गर्दा पत्नीले भनिन्।
“किन र ? के भो ? व्यर्थै किन दोष लगाउँछ्यौ ? के गरे उनीहरूले ?”
एकै पल्टमा प्रश्नहरूको लाम लगाए पतिले।
“तपाईँ त दिनभरि कार्यलयमा। यति खेर नै हो भन्न पर्ने।”-सुनिदिने स्पष्ट आग्रह झल्काइन् उनले।
“भन न त। सुनिदिउँ तिम्रो गुनासो।” -उनले दिल्लगीको भावमा भने।
थोरै आक्रोशित बन्दै उनले सुनाइन्-“आज-भोलि स्कूलले साह्रै कम्ती गृह कार्य दिन थालेका छन् नानीहरूलाई।”
“यसमा किन झ्याउला उठाउने कोशिस गर्छ्यौ ? हिंजो अस्ति अभिभावकको सभाको मनोविश्लेषणात्मक छलफल यति चाँढै बिर्सेकी?”
“त्यो त हो। तर साह्रै कम्ती गृह कार्य हुँदा समय पायो भन्दैमा हरएक कुरा सुन्न पर्छ उसको। स्कूलको उसको दिनभरिको अधोपान्त खबर सुनि दिएन भने यति साह्रो तंग गर्छ कि आफैँलाई विरक्त लाग्छ।”
“हो…,प्रत्येक प्रश्नको उत्तर दिनु भनेको बच्चासितको गहिरो संगलग्नता हुन्। यसले उनीहरूको बौद्धिक, मानसिक र शारिरिक विकास हुन्छ।”
सोंचे जस्तो समर्थन नपाउँदा उनले बम्किन्दै भनिन्-“उसो भए तपाईँ आफैँ स्याहार्न होस् तपाईँको बच्चालाई !” सहसा अहिले पत्नीको मनोभाव छर्लङ्ग बुझे उनले, शान्त स्वरमा भने- “बरू तिमीले मोबाइल चाँहि कम्ती खेलाउन।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

19 minutes ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

30 minutes ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

54 minutes ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago