केशवराज अधिकारी
आज म त आकासमा उडेँ माथि माथि
म उडेको तलबाट हेर्थे मेरा साथी।
काग,डाङ्रे,पुतली र परेवालाई छल्दै
उडेँ म त अझै माथि रमाइलो गर्दै।
सगरमाथा नाम्चे हुँदै कुती,कालापानी
लिम्पियाका गाऊँबस्ती महाकाली अनि।
चाँदी जस्ता अन्नपूर्ण धौलागिरी हेर्दै
उडेँ म त माथि माथि रमाइलो गर्दै।
पोखराका बेगनास,फेवा,रुपा ताल
मुगु पुगेँ रारा हेर्न म त मालामाल।
काली,सेती,मर्स्याङ्दीको पानी जस्तै गरी
झरेँ अब तराईका फाँट वरिपरी।
म जसरी उड्न सक्ने कोही छैन अरु
छक्क परे होलान् तलै मेरा साथीहरू।
चारै दिशा सिमारेखा जानी बुझीकन
जुन तारा सम्म पुग्छु भन्ने मेरो मन।
अब उठ्ने बेला भयो उठ सानु उठ
गृहकार्य गर्नु पर्छ धोऊ हातमुख।
घच्च्याउँदै आमा बोलिन्,भएछु झसङ्ग
सपना पो रहेछ त्यो परेँ म त दङ्ग।
आज म त आकासमा उडेँ माथि माथि
म उडेको तलबाट हेर्थे मेरा साथी।
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…
सुदर्शन अम्बटे भाषा-भाषा भन्दै ज्यानै दिन्थ्यौँ हामी, अचेल हाम्रा नानीहरूलाई इङ्लिस लाग्छ दामी। नर्सरीको एस-मेस-ठेस'ले…
वसन्त अनुभव वसन्तविहार, घोराही दाङ चुलो हाम्रो खाली, रुँदै बस्यो भाँडो। भान्साभित्र आज, पस्यो फेरि…