कोषवल्लभ रेग्मी
देउमाई ७ इलाम

“छोराको दाँत जस्ताको तस्तै हुनुपर्छ। यस्ता मास्टरलाई स्कुलमा एकछिन राख्नु हुदैन।”-सधैं नरम र मीठो बोल्ने काल्दाईले आज अफिस छिर्नासाथ उधुम मच्चाए।
“हैन भएको के हो काल्दाई ? कुरो प्रस्ट पार्नु न।”-मैले जान्न खोजेँ।
“बुझपचाउने काम नगर्नुहोस् हेडसर थाहा भैभै !”-उनी झन् तातिए।
एकैछिनमा अभिभावकहरुको भिड लाग्यो। प्रायः सबै रिसले चुर भएका जस्ता देखिन्थे। “-यस्तालाई राख्नुहुँदैन।सजाय दिनैपर्छ। पढाउन राखेको कि दाँत झार्न ?”
अंग्रेजी मास्टर अलि कडै हुनुपर्छ। नत्र विद्यार्थीले टेर्दैनन्। हरि सर अंग्रेजी पढाउनुहुन्थ्यो।
“होमवर्क नगर्नेलाई सामान्य थप्पड हानेको थिएँ। तर यस्तो काम मैले गरेको होइन।”-सरले आफ्नो सफाई दिनुभयो।तर मन्नेवाला कोही थिएनन्।
“तिम्रो दाँत सरलेनै झारेको हो सुजन्?”-मै सोधेँ।
उसले टाउको हल्लाउँदै “हो” को संकेत गर्यो। बाहिरको माहोलले सरको सुरक्षा गर्न धौधौ परेको थियो।
मैले एकछिन धैर्य हुन अनुरोध गर्दै सुजनको भाइ रबिनलाई बाहिर कुनामा लगेर सोधेँ -“भन त बाबु तिम्रो दाजुको दाँत के भएको हो?”
“दाजुले मलाई दस रुपयाँ दिएर नभन्नु भनेको छ सर!”
“लु म एकसय दिन्छु भन त !”-मैले उसको हातमा एकसयको नोट थमाइदिएँ।
कसैले देख्छन् कि जस्तो गरि उसले भन्यो-“कसैलाई नभन्नु कि सर हिजो छुट्टी भएर घर जाँदा पिपलको रुखमा चड्दा लडेर हो सर। दाँत मलाई बोक्न दिएको छ नभन्नु भनेको छ।”-उसले मलाई गोजीमा कागजले बेरेको पोका भित्रबाट दाँतको टुक्रा देखायो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

21 hours ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

21 hours ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago

“भाषा महिमा…!!”

सुदर्शन अम्बटे भाषा-भाषा भन्दै ज्यानै दिन्थ्यौँ हामी, अचेल हाम्रा नानीहरूलाई इङ्लिस लाग्छ दामी। नर्सरीको एस-मेस-ठेस'ले…

3 days ago

“ग्यास अभाव”

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ चुलो हाम्रो खाली, रुँदै बस्यो भाँडो। भान्साभित्र आज, पस्यो फेरि…

4 days ago