केशवराज अधिकारी
आज म त आकासमा
उडेँ माथी माथी
म उडेको तलबाट
हेर्थे मेरा साथी।
काग,डाङ्रे,पुतली र
परेवालाई छल्दै
उडेँ म त अझै माथी
रमाइलो गर्दै।
सगरमाथा नाम्चे हुँदै
कुती,कालापानी
लिम्पियाका गाऊँबस्ती
महाकाली अनि।
चाँदी जस्ता अन्नपूर्ण
धौलागिरी हेर्दै
उडेँ म त माथी माथी
रमाइलो गर्दै।
पोखराका बेगनास,
फेवा,रुपा ताल
मुगु पुगेँ रारा हेर्न
म त मालामाल।
काली,सेती,मर्स्याङ्दीको
पानी जस्तै गरी
झरेँ अब तराईका
फाँट वरिपरी।
म जसरी उड्न सक्ने
कोही छैन अरु
छक्क परे होलान् तलै
मेरा साथीहरू।
चारै दिशा सिमारेखा
जानी बुझीकन
जुन तारा छुन्छु अब
भन्ने भयो मन।
अब उठ्ने बेला भयो
उठ सानु उठ
खाना खानु पर्छ अब
धोऊ हातमुख।
घच्च्याउँदै आमा बोलिन्,
भएछु झसङ्ग
सपना पो रहेछ त्यो
परेँ आज दङ्ग।
आज म त आकासमा
उडेँ माथी माथी
म उडेको तलबाट
हेर्थे मेरा साथी।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…