राष्ट्रिय बालदिवसकाे अवसरमा


विष्णु भण्डारी आचार्य
बेलबारी माेरङ

जति प्रयास गर्दा पनि मुद्धा फैसला गर्न हम्मे पर्याे अदालतलाई । लोग्ने स्वास्नीको झगडा परालको आगो भन्छन् , छोराछोरी भइसक्या मान्छे छुट्टिनुभन्दा मिल्नुमै श्रेयष्कर देखिन्छ।
अदालतको मनसाय त नछुट्टिउन भन्ने हो जोड्न नसक्नेमा पुग्यो अदालत र डिभोर्स भएरै छाड्ने कुराको टुङ्गो लाग्यो।
कुरो अल्झियो, छोरो कसको भागमा,दुवैजना छोरो छोड्न सक्ने पक्षमा थिएनन्। श्रीमतीकाे दावी मैले दुःख गरी जन्माइ हुर्काइ गरेकोले छाेराे मेरो हुनुुपर्छ, श्रीमानकाे दावी छोराछोरीको हकदार बाबु हुने प्रचलन छ, मैले नै राख्न पाउनुपर्छ छोरो।
अदालतले यो कुराको टुङ्गो लाउने जिम्मा तिनै वादी प्रतिवादीलाई नै दियाे, समय तोकिदिदै भन्दियो “छोरोलाई जसले राजी बनाउन सक्छ उसैको हुन्छ।”
दुवैजना छोरोलाई आफुसँग राख्नको लागि राजी बनाउने काममा कस्सिएर, लागे।
“बाबु, म तँलाई केही कुराको कमी हुन दिनेछुइन,अदालतले तिमी काेसँग बस्न राजी भनि साेद्धा म बाबासँगै बस्न चाहान्छु भन है।”
“हस बाबा।”
छोरोले सहमतिकाे भाव देखायाे।
आमाको पालो मिठा खानेकुरा, राम्राराम्रा चिज किनिदिएर खुसी पारेपछि बुबालाई छोडेर आमाका कुरा मान्न सहमत भयाे छोरोे।
छोरो फकाउन दोहोरी चल्दाचल्दै,अदालतले दिएको समयसिमा सकियो। श्रीमान ढुक्क थिए छोरो आफुले राख्न पाउँछु भन्नेमा, श्रीमती पनि विश्वस्त थिइन् छोरो पक्कै मेरो पक्षमा हुन्छ भन्नेमा अदालतले त्यो एघारवर्षे छोरालाई बोल्न लगायो।
“ल भन बाबु, तिमी कोसँग राजी छौ बस्न ? आमा कि बाबा ? उसले बाबा र आमातिर हेर्याे पालैसँग र भन्यो “म न बाबाको न आमाकोमात्तै हुन सक्छु। मेरा बाबाआमाले यदि छोराको खुसी चाहानुहुन्छ भने मलाई उहाँहरू बिचमा रहने वातावरण दिनुहोस। यति भए उहाँहरूले भनेको थुप्रैथुप्रै भौतिक सामान र सुविधा चाहिदैन मलाई। डिभोर्ष माग्न जाने बालकका बाबुआमाका आँखामा आँशु टिलपिलाए, भावुक हुदै छोराको प्रश्तावमा सहमत भए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“असार महिना”

रञ्जुश्री पराजुली खेतीको बेला आमा है रोपछिन् मकै र भटमास हरिया मकै रमाई खानछन् भनेर…

19 hours ago

इमान्दार

तुलसी पण्डित हजुर मलाई एक रुपयाँ दिनु न। बाटो हिँडिरहेको एक केटाले हात पसार्दै भन्यो…

19 hours ago

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

2 days ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

2 days ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

3 days ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

3 days ago