राष्ट्रिय बालदिवसकाे अवसरमा
विष्णु भण्डारी आचार्य
बेलबारी माेरङ
जति प्रयास गर्दा पनि मुद्धा फैसला गर्न हम्मे पर्याे अदालतलाई । लोग्ने स्वास्नीको झगडा परालको आगो भन्छन् , छोराछोरी भइसक्या मान्छे छुट्टिनुभन्दा मिल्नुमै श्रेयष्कर देखिन्छ।
अदालतको मनसाय त नछुट्टिउन भन्ने हो जोड्न नसक्नेमा पुग्यो अदालत र डिभोर्स भएरै छाड्ने कुराको टुङ्गो लाग्यो।
कुरो अल्झियो, छोरो कसको भागमा,दुवैजना छोरो छोड्न सक्ने पक्षमा थिएनन्। श्रीमतीकाे दावी मैले दुःख गरी जन्माइ हुर्काइ गरेकोले छाेराे मेरो हुनुुपर्छ, श्रीमानकाे दावी छोराछोरीको हकदार बाबु हुने प्रचलन छ, मैले नै राख्न पाउनुपर्छ छोरो।
अदालतले यो कुराको टुङ्गो लाउने जिम्मा तिनै वादी प्रतिवादीलाई नै दियाे, समय तोकिदिदै भन्दियो “छोरोलाई जसले राजी बनाउन सक्छ उसैको हुन्छ।”
दुवैजना छोरोलाई आफुसँग राख्नको लागि राजी बनाउने काममा कस्सिएर, लागे।
“बाबु, म तँलाई केही कुराको कमी हुन दिनेछुइन,अदालतले तिमी काेसँग बस्न राजी भनि साेद्धा म बाबासँगै बस्न चाहान्छु भन है।”
“हस बाबा।”
छोरोले सहमतिकाे भाव देखायाे।
आमाको पालो मिठा खानेकुरा, राम्राराम्रा चिज किनिदिएर खुसी पारेपछि बुबालाई छोडेर आमाका कुरा मान्न सहमत भयाे छोरोे।
छोरो फकाउन दोहोरी चल्दाचल्दै,अदालतले दिएको समयसिमा सकियो। श्रीमान ढुक्क थिए छोरो आफुले राख्न पाउँछु भन्नेमा, श्रीमती पनि विश्वस्त थिइन् छोरो पक्कै मेरो पक्षमा हुन्छ भन्नेमा अदालतले त्यो एघारवर्षे छोरालाई बोल्न लगायो।
“ल भन बाबु, तिमी कोसँग राजी छौ बस्न ? आमा कि बाबा ? उसले बाबा र आमातिर हेर्याे पालैसँग र भन्यो “म न बाबाको न आमाकोमात्तै हुन सक्छु। मेरा बाबाआमाले यदि छोराको खुसी चाहानुहुन्छ भने मलाई उहाँहरू बिचमा रहने वातावरण दिनुहोस। यति भए उहाँहरूले भनेको थुप्रैथुप्रै भौतिक सामान र सुविधा चाहिदैन मलाई। डिभोर्ष माग्न जाने बालकका बाबुआमाका आँखामा आँशु टिलपिलाए, भावुक हुदै छोराको प्रश्तावमा सहमत भए।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…