दुर्गा पौडेल
पहिला पहिला डाडाकाे टाकुुराबाट कटुवालले हाक हाल्थ्याे
अनि भन्थ्याे , “हे….र….है सहेव हाे ,
सुनिन भन्न पाईने छैन ,भाेलि लुताे फाल्ने दिन।”
वल्लाे पल्लाे घर, गाउँगाउँका अग्ला ठाउँका घरमा बस्नेहरुले तल तल पर्ने गाउँ घर,गाेठ ,मान्छे ताकेर आगाेकाे अगुल्ठाे फाल्न पाईने छैन । आगाे फाल्दा कसैका घरगाेठ जल्न सक्छन् । यसरी बलेकाे अगुल्ठाे हातमा समातेर रिगाउँदै लुताे फाल्दा आगलागि भएमा र हानीनाेक्सानी भएमा उही मान्छेले ब्यहाेर्नु पर्नेछ । तव पनि सावधानी अपनाउँदै साँझमा मान्छेहरुले एक अर्काे गाउँकाे ब्यक्तिकाे नाम लिएर ए…….फलाना मेराेे लुताे लै………जा भनेर बलिरहेकाे अगुल्ठाे फाल्थे । बलेका अगुल्ठा हरेक घरघरका जहान परिवार सबैले फाल्दा सहर जस्तै झिलिमिली देखिन्थ्याे । अति नै रमाईलाे लाग्थ्याे । कसैकाे नाम पुकारेर लुताे लैजा भन्दा कसै कसैले गाली पनि गर्थे । यसरी लुताे फाल्दा वर्षा याममा खेतीपातीगर्दा लाग्ने राेग ब्याध ,लुताे,घाउखटीरा नास हुन्छ भन्ने मान्यता थियाे । साँझमा लुतेकटेरी बनाएर नाैथरि अन्न छरेर पूजा पनि गरिन्थ्याे । सुत्ने बेलामा हातमा तिउरी लगाएर करकलाेकाे पातले हात बाँधेर सुतिन्थ्याे । मेहदीकाे नाम सुनिएकाे थिएन । बिहान सबैले आ आफ्ना हात देखाउँदै कसका हात कति राता भन्दै देखाउँथे । साँझमा सबैका घरघरमा मिठाे चाेखाे पाक्थ्याे । कतै सेल ,कतै खीर,कतै मासुभात । अहिले लुताे फाल्ने,लुते कटेरी बनाएर पूजागर्ने चलन कथाजस्तै बनेकाे छ ।
ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…
गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…
घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…