Categories: कविता

तिउरी लाइदिन् आमाले …..


रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

उरुङ बनाई पातको
मर्याकमुरुक मिचेर
आँख्ला डाँठ निकाली
सिलौटामा थिचेर

हत्केलामा फिँजाई
सुत्ने बेला रातमा
तिउरी लाइदिन् आमाले
दाहिने हातमा

रातो पार्न मेरो हात
बज्यैसित सोधेर
तिउरीसँगै पिनिछन्
मकरकाँची खोजेर

मुड्की पार्दै घुसार्दै
कर्कलाको पातमा
तिउरी लाइदिन् आमाले
देउरे हातमा

झुम्रो कस्दा मुठीमा
ला छेकियो
हेर्दाहेर्दै आफ्नै हात
भकुन्डोझैँ देखियो

नमिल्ने भो कोट्याउन
सिन्का हाली दाँतमा
तिउरी लाइदिन् आमाले
दुइटै हातमा।

सारथि बाल पत्रिका

View Comments

Recent Posts

‘फलामे गेट’ को सुगन्धित स्मृति: मञ्च, साधना र जीवनको अनुभूति

ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…

22 hours ago

“भोटेकोशीको उपद्रव”

गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…

22 hours ago

“श्रीकृष्ण आऊ !”

घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…

22 hours ago

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

3 days ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

3 days ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

3 days ago