Categories: बाल कथा

आत्मनिर्भर


तुलसी पण्डित

बाबाले बिगत सम्झनु भयो।
छोरा तिम्रो पढाइको उदेश्य के हो ?
छोरो अक्मक्कियो।
बल्ल एसइइ पास गरेको छु।
“बाह्र पास भएपछि विदेश काम गर्न जाने त होलानी बाबा।”
“हेर छोरा बाह्र पास भएपछि विदेश जाने होइन । यही बसेर केही गर्नु पर्छ ।”
“बाबा यता सुन्नु त मेरो साथी श्याम सुन्दरले फोर जिएपी ल्याएको छ । तर उसले एघार बाह्र पनि न पढ्ने रे ।”
“किन हो बाबु,उसले एघार बाह्र पनि न पढ्ने भनेको केही कुरा बुझेका छौ ?”
अँ बाबा मैले सोधेको थिएँ । उसले भन्दै थियो।
“बाह्र पास भएपछि घरपरिवारले विदेश जान दवाव गर्ने छन् । आफूलाई विदेश जान मन छैन । बरु अरु प्राविधिक ज्ञान लिइ यही नै केही गर्ने रे ?”
“बाबु तिमीले त बाह्र पास गर्नु पर्छ।”
“बाबा यो देशमा सरकार विद्यार्थीलाई पढाउँछ । तर काम गर्न विदेश पठाउ छ । विदेशको सेवा गर्ने हो भने पढ्ने किन ? लगानी गरेर पढेको के अर्थ । बरु म कुनै व्यावसायको लागि तालिम लिन्छु । जसले आफूलाई त्यो विषयमा सक्षम बनाओस् ।”
बाबाले पढ्नको लागि जोड गर्नु भयो । छोरोले ल ल बाबा विचार गरौँला नि भन्दै घरबाट हिड्यो।
उसले कृषि व्यावसाय गर्न तालिम लियो। तरकारी खेती गर्यो । मनग्गे फाइदा भयो । अरु पनि केही जग्गा भाडामा लिएर तरकारी खेती गर्यो । शहरमा तरकारी पसल खोल्यो । आफू पसलमा बसेर व्यापार गर्न लाग्यो । यता बाबालाई तरकारी खेती हेर्न लगायो । कहिले काहीँ आफू आउथ्यो । सबैलाई तरकारी खेती गर्ने तरीका सिकाउथ्यो । ऊ भन्ने गर्थ्यो । “हामी सबै आत्मनिभर बन्नु पर्छ ।”
हेर्दाहेर्दै उसले पैसा कमायो । शहरमा घर किन्यो । घर आउदा उसले बाबालाई भन्यो, बाबा थाहा पाउनु भयो।
“फोर जिएपी ल्याउने मेरो साथीले न पढी गाई पालन गरेर मेरो भन्दा धेरै पैसा कमाएछ।”

सारथि बाल पत्रिका

Recent Posts

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

11 hours ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

11 hours ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

11 hours ago

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

1 day ago

“जवाफ”

गंगाराम ढकाल भोटेकोसीमा एक्कासी आएको ठूलो बाढिले हजारौँ मान्छे बगायो । घर बगायो । बजार…

1 day ago

मानिस बिनाशको कारण तैँ होस्

मचिन्द्र खत्री फुट्छन् अझै हिमाद्रीका काखका ताल पोखरी। तात्दो छ अवनी नित्य बाँच्लान् मानिस के…

1 day ago