Categories: कविता

“अपूर्व खुसी”


बासुदेव पण्डे

पाए वस्त्र नयाँ र भोजन मिठो खेल्ने सबै दौँतरी
ल्याए काफल आँप ओखर तथा ऐँसेलु पोल्टाभरि ।
हुन्थ्यो भिन्न उमङ्ग, हर्ष मनमा पाए नयाँ बेलुन
चाहिन्नन् पद अर्थ वैभव बढी सन्तुष्ट मान्छे हुन ।।

गौरा पर्व तिहार वा विसु, दशैँ, श्रीपञ्चमीमा रमी
मिल्दा हर्ष,खुसी अपूर्व धनको खड्केन उस्तो कमी ।
मार्थ्यौँ धावकतुल्य जोस भरिए जुत्ताविना बुर्कुसी
सीमा बन्धन चाप ताप नहुने त्यस्तो खुसी पो खुसी ।।

मिल्थ्यो जोसित हित्तचित्त सजिलै खेल्थ्यौँ बनाई गुट
खाँदा स्वाद अवर्णनीय, न जुठो चक्लेट वा बिस्कुट ।
गाई गीत अनेक खर्क वनमा पुग्थ्यौँ डुली त्यत्तिकै
ओढानिम्ति पिँडालु पात छ कहाँ खोजी गरिन्थ्यो निकै ।।

ढुङ्गा काठ र वस्त्र कागजहरू सामान ठान्थ्यौँ हिजो
व्यापारीसरि बालकृत्य रसिला गर्दा नलाग्ने झिँजो ।
हुन्थ्यो तृप्ति अपार हर्ष मनमा खेल्दा मिली चीँ मुसी
सस्ता वस्तु अपूर्व प्राप्ति मनमा त्यस्तो खुसी पो खुसी ।।

चाहिन्नन् परिधान, वैभव कुनै हाँसो खुसी पाउन
धर्ती ‘स्वर्ग’ हुँदो रहेछ छ भने निर्दोष बालापन ।
मिल्थ्यो भौतिक वस्तुबाट मनमा आनन्द बेग्लै खुसी
सारा थोक छ शान्ति छैन मनमा यो द्रव्यलिप्सा घुसी ।।

सारथि बाल पत्रिका

View Comments

  • Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Recent Posts

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

15 hours ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

15 hours ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

2 days ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

2 days ago

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

3 days ago