निर्देश काेइराला
कक्षा-६
स्ट्यान्डर्ड बाेडिङ स्कूल इटहरी -१७
विद्यालयमा गुरुआमाले आमा विषयमा लेख्न दिनुभयाे । सबैले लेखेर देखाए । जसमध्ये कृष्णले लेखेकाे थियाे, ” माफ गर्नुहाेस् गुरुआमा। मलाई मेरी आमा बारे केही थाहा छैन किनकि मेरी आमा नै हुनुहुन्न।” सबैका आँखामा आँसु आयाे।छुट्टीकाे घण्टी बज्याे। यतिकैमा गुरुआमाले बाँकी विद्यार्थीलाई “भाेलि लेखेर ल्याउनू ,” भन्दै बाहिरिनुभयाे। केही नलेखी चुपचाप बसेकाे समिर अब साेच्न थाल्याे,”बिहान आमाले भाेटाे सिलाइदिएकाे छु लगाइहेर त बाबु भन्दा आफू विद्यालय ढिलाे भएकाे बाहानामा कुदेँ ।” सुँक्क सुँक्क गर्दै घर पुग्याे। आमाले दूध भात ल्याएर दिँदै भन्नुभयाे,”बाबु, याे खाऊ।” समिरले भक्कानिँदै भन्याे, आमा , मलाई पहिले बिहान सिलाएकाे भाेटाे दिनुस् न लगाइहेर्छु अनि खान्छु।”
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…