बिन्दु पौड्याल वस्ती
मेरो नाम महिमा
फरक नामले चिनाउन
वैशाख पहिले आउॅछ
नयॅा वर्ष मनाउॅछ
जेठ पनि आयो
बढी गर्मी भयो
धेरै वर्षा असारमा
खेतीपाती लगाउन
साउन महिना आयो
खुट्टा हिलाले खायो
भदौरे घाम लाग्यो
घमौराले सतायो
असोज पनि आयो
चाडपर्वमा रमायो
कात्तिकमा शित्तल
फूल फुल्छ मखमल
दाइको बिहे मङ्सिर
भोजमा को छुट्छ र
जाडो धेरै पुषमा
न्यानोसॅग सुतम
माघ महिमा आयो
पारिलो घाम लाग्यो
फागुनमा जाडो हराउॅछ
नयॅा पालुवा पलाउॅछ
बाह्रौको नाम चैत्र
बनाऊ अब गोल चित्र
बाह्र महिनाका बारै नाम
सम्झिराखे लाग्छ काम।
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…