रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
क-क-न-न भनेर मीठो बोल्न सिकाउँछिन्
हात समाई बिस्तारै ताते-ताते गराउँछिन्
मलाई मेरी आमाले अघि-अघि बढाउँछिन्
ममताकी खानीको सधैँ पाउ पर्छु म
मेरी आमा तिमीलाई धेरै माया गर्छु म !
तारा बाजी भनेर गीत गाउन सिकाउँछिन्
फुकाएर पुस्तक क ख ग घ पढाउँछिन्
मलाई गुरु आमाले अघि-अघि बढाउँछिन्
अक्षरका बिउ यी पानाभरि छर्छु म
गुरु आमा तिमीलाई धेरै माया गर्छु म !
नेपाली हुँ भनेर गर्व गर्न सिकाउँछिन्
मेचीदेखि कालीको छातीभित्र अटाउँछिन्
मलाई नेपाल आमाले अघि-अघि बढाउँछिन्
चोट लागे कुनै दिन तिम्रो दुःख हर्छु म
नेपाल आमा तिमीलाई धेरै माया गर्छु म !
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…
View Comments
https://shorturl.fm/jH3vI