Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
आमा | सारथि बाल पत्रिका


अम्बिका धिताल
काभ्रेपलाञ्चोक
हाल कमलविनायक भक्तपुर

“आमा, तपाईँ किन बिहान बेलुका सधैँ भान्सामा मात्र अड्किरहनुहुन्छ ?” छोराले मोबाइलमा आँखा गाड्दै औँला सार्दै थियो।
आमाले मुस्कुराउँदै भन्नुभयो, “तिमी, दादा र बाबालाई तातो रोटी, खाना चाहिन्छ नि बाबु, त्यसैले।”
“तर तपाईँलाई चाहिँ के चाहिन्छ आमा ?” छोराले मलिन स्वरमा सोध्यो।
आमा केही बेर चुप लाग्नुभयो । मान्छेअनुसारका परिकारले उहाँको अनुहारमा उज्यालो अँध्यारोको खेल खेलिरहेको थियो।
आमाले सुस्तरी भन्नुभयो, “मलाई ? मलाई त तिमीहरू हाँसेको देख्न मन पर्छ।”
छोरोले हाँस्दै भन्यो, “त्यो त सजिलो कुरा भयो नि आमा आफ्नो लागि पनि केही सोच्नु न !”
आमाको आँखामा वर्षौंदेखि बन्द ढोकाबाट अचानक उज्यालो छिरेको जस्तो अचम्मको चमक आयो।
उहाँले भन्नुभयो, “कस्तो सोच्नु? मेरा लागि त यही नै जिन्दगीको सबैभन्दा ठुलो खुसी हो ।”
“मलाई त कहिलेकाहीँ मान्छे हाँसेको देख्दा पनि रिस उठ्छ। त्यस्तो होइन क्या आमा ठुलो सोच राख्नु न ” छोराले भन्यो।
“तँ जन्मिँदा झण्डैँ मैले सास फेर्न बिर्सिएको। तँ रोएको सुन्दा मैले संसार पाएको महशुस गरेँ। आज तँ मलाई ‘ठुलो सोच’ सिकाउँदैछस्…?”
भान्सामा सन्नाटा छायो। आमाको मनको पीडाले झैँ चुल्होको धुवाँले कोठा भरिँदै थियो।
छोराले पहिलोपटक आमालाई ध्यान दिएर हेर्यो। घाँस दाउरा बोक्दा बोक्दा झुकेको ढाड, चाउरी परेको अनुहार तर आँखा भने चन्द्रमा झैँ उज्यालो।“आमा, तपाईँ किन कहिल्यै थाक्नुहुन्न ?” उसले बिस्तारै सोध्यो।
आमाले हाँस्दै भन्नुभयो, “आमा कहिल्यै थाक्दिन बाबु,किनकि आमासँग आफ्नै थकानभन्दा सन्तानको खुसी ठुलो देख्ने मन हुन्छ ।”
छोरो निःशब्द भयो। मोबाइलको स्क्रिन आफैँ निभ्यो तर उसभित्रको अँध्यारो बल्ल उज्यालो हुँदै थियो । उसले अचानक भन्यो, “ ओहो ! आमा हजुर कहिल्यै सानो सोच्नुहुन्न रहेछ किनकि हजुरले सधैँ आफूलाई सानो बनाएर हामी सन्तानलाई ठुलो बनाउने र हँसाउने ठुलो सोच राख्नु हुँदो रहेछ। साँच्चै, आमा जति महान संसारमा कोही हुन्छ त ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

दशैँ

लक्ष्मीप्रसाद पौडेल धनगढी, कैलाली बाले बोकालाई रातो टीका लगाए । घाँटीमा रातो धजा बाँधे ।…

2 weeks ago

विपद्मा अभिभावक गुमाएका बालबालिकाको संरक्षण अब राज्यको जिम्मामा

विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट बिछोडिएका तथा असुरक्षित अवस्थामा पुगेका बालबालिकाको संरक्षणलाई राज्यको संस्थागत जिम्मेवारीका…

2 weeks ago

लघुकथा

जानकी कर्माचार्य ललितपुर,हरिसिद्धि "हजुरबुबा ! हजुर किन सधैँ यो अनलाइनमा कति बस्नु हुन्छ?" अनलाइन कार्यक्रम…

2 weeks ago

“हामी र हाम्रा नदी”

कृष्णशरण उपाध्याय पौडेल हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल हाम्रो मृत्यु पछाडि…

3 weeks ago

अन्धभक्त

केशव नेपाल ‘नील’ बलेफी - ८, लामोसाँघु, सिन्धुपाल्चोक “होनित ! यो मोबाइल भन्ने चिजले आफ्ना…

3 weeks ago

मुकुण्डो

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया "गलामा माला, शिरमा टोपी।" सुकमान ‘आदर्श पुरुष’ को प्रमाणपत्र बोकेर घर…

3 weeks ago