Categories: बाल कथा

“आमाको सम्मान”

तिलक तारामी “रेशाली”
बुटवल-११, रुपन्देही

“आहा ! कति धेरै लाइक र कमेन्टहरु !” जितुले मक्ख पर्दै आफ्नो मोबाइल हेर्दै थियो।
“हैन, के को लाइक र कमेन्टहरु ? ” बलुले जिज्ञासा राख्यो।
“मेरो आमाको फोटोमा क्या ! ” जितुले उत्तर दियो।
“तेरो आमा त वृध्दाश्रममा हुनुहुन्न र ? कहिले ल्याइस् घर ? ” बलुले प्रश्न गर्
“आज बिहान, म आफै लड्डु खुवाउन गएको थिएँ नि ! ” जितुले सहज उत्तर दियो।
मातातीर्थ औंसीको दिन, सामाजिक संजालहरू आमाहरूका फोटाले रंगिएका थिए। त्यो देखेर जितु पनि लड्डु किनेर वृध्दाश्रम गएको थियो। आमालाई लड्डु खुवाउँदै सेल्फी खिचेर पोस्ट गरेको थियो।
“खै तैंले त आमाको मुहार पनि हेरिनस् कि क्या हो ?” जितुले बलुलाई होच्याउन खोज्यो।
“म त आमाकै घरमा बस्छु। उहाँ त मेरो साक्षात भगवान् हुनुहुन्छ। आफ्नो आमाको मुहार त सधैंभरि हेर्छु नि ! तैंले के भन्न खोजेको हँ ?” बलुले प्रतिवाद गर् “खै त, फेसबुकमा तेरो आमाको फोटो कतै देखिन नि ? त्यसैले ….. ।” जितु बोल्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

13 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

13 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

14 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

14 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago