Categories: कविता

“आमा”

फेसबुुक कवि

दस महिना काेखमा राखी,
जन्माउने आमा,
आफ्ना गाँस काटी काटी,
हुर्काउने आमा ।
बढ भनी टाउकाे तेल,
तुर्क्याउने आामा,
पढ सिक अघि बढ,
फुर्क्याउने आमा ।
काेखाई काेखाई गीतगाई,
खुवाउने आमा,
ताते ताते पिठ्यूँ बाेकी,
डुलाउने आमा ।
फाेहाेर भए नुहाइदिने,
भाेक लागे खाना,
सबका जीवन फुलाउने,
महान छन्आमा ।
चाेट लाग्दा पेट दुख्दा,
भन्छाैं ऐया! आमा,
राेगलागे आँसु झार्दै,
रून्छिन् हाम्रीआमा ।
खराब काम गर्याैंभने,
दुःखी हुन्छिन् आमा,
भर थेग आड भराेसा,
स्वर्ग सबकी आामा ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

36 minutes ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

1 hour ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

1 hour ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago