Categories: कविता

“आमा”


इन्दिरा प्रयास

छन्द :- शालिनी

पीडा जे छन् सिक्नु आमा भएर
पाेखी दिन्छिन् प्यार हाँस्दै सहेर
भाेकाे नाङ्गो ख्याल गर्छिन् भवानी
तिम्रो गल्तीमा नि बस्छिन् जमानी।

त्यो आँखाकाे,आँसु सम्झेर आएँ
सम्झी खाली काख आधा निदाएँ
भेट्नै आए मित्र पैसा हुँदामा
आमा नै हुन् एक साथी रुँदामा।

छन् खास्टाेमा प्वाँल ताताे हुँदैन
माटो छाेड्दा आफ्नु साताे हुँदैन
खाली खाली लाग्छ आफ्नो मझेरी
आमा नै हुन् जून सन्ध्या अधेरी।

धर्ती हुन् यी हार दिन्छिन् तिमीमा
जित्दै जाने आश लिन्छिन् तिमीमा
आशा मर्दै जान्छ मुस्कान भित्र
आमामा छन् शक्ति भित्रै विचित्र।

खाेला जस्तै बग्न सिक्दैछु आमा
आफ्नै खुट्टाबाट हिड्दैछु आमा
मीठो बाेलीमा छ साैन्दर्य सार
खाेज्छन् आँखाले खुलेको मुहार।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

43 minutes ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

58 minutes ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago