सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

ऊ हत्तपत्त अस्पतालको आपत्कालिन खण्डमा छिर्यो। बाबा बिछ्याउनामा थिए। उनलाई अक्सिजन चढाइएको थियो। शरीरभरि चिकित्सा उपकरणहरु जोडिएका थिए। उनले बिस्तारै झकझकाए र सोधे – “बाबा,किन बोलाउनु भो ?”
बाबाले बिस्तारै आँखा उघारे। आक्सिन मास्क तल झारे र मन्द आवाजमा भने – “बाबू, म धेर दिन बाँच्दि होला,एउटा इच्छा पूरा गरिदेउ!”
“के इच्छा बाबा?”उनले उत्सुकता राखे।
“जाउ,एउटा वकिल बोलाएर ल्याउ!”
“किन बाबा!” उनी अचम्मित भए।
“तिमीहरूको अंशबन्डा गरिदिनु छ।”
“को सँग अंशबन्डा? म त तपाईँको एक मात्र छोरा होइना ?”छोराले जिज्ञासा राख्यो।
“त्यो ठूली पनि छोरी समान हुन्,सानोमा तलाई हुर्काउने,बडाउने उनी नै हुन्!”बाबाले सम्झाए।
“त्यो पराय नोकर्नीलाई कसरी बन्डा दिनुहुन्छ बाबा?” छोराले आक्रोश व्यक्त गर्यो। “बन्डा दिनुलाई कोखैबाट जन्माँउनु पर्दैन बाबू,मनबाट जन्माँउनुपर्छ!”भन्दै उनले मास्क लगाए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 minutes ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

24 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago