Categories: कविता

“आमा”


देवी त्रिपाठी
पोखरा

कोरिबाटी चुलठी म छु कति राम्री
मलाई राम्री बनाइदिने प्यारी आमा हाम्री।

हातमुख धोइदिनुहुन्छ खाना ख्वाउनुहुन्छ
क ख ग घ, A B C D पढाउनुहुन्छ
नुहाइदिने लुगा धुने सफा राख्ने काम
सधैंभरि खुशी मेरी आमा जूनघाम।

कोरिबाटी चुलठी म छु कति राम्री
मलाई राम्री बनाइदिने प्यारी आमा हाम्री।

तयार पारिदिनुहुन्छ स्कुल जानलाई
म नि जान्छु स्कुल भन्दै पछ्याउछ भाइ
संसारमा सभैभन्दा राम्री हाम्री आमा
कतिमाया गर्नुहुन्छ प्यारी हाम्री आमा।

कोरिबाटी चुलठी म छु कति राम्री
मलाई राम्री बनाइदिने प्यारी आमा हाम्री।

झमझम पानी पर्दा ओत पनि दिने
घाम लाग्दा गर्मी छल्न शितल बनिदिने
संसारमा सबैभन्दा न्यानो यहि काख
हाँस्ने रुने खुसाउए प्यारो यहि काख।

कोरिबाटी चुलठी म छु कति राम्री
मलाई राम्री बनाइदिने प्यारी आमा हाम्री।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

5 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

5 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

6 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago