हरि काेर्काली
दसैँ आयाे दसैँ आयाे भन्छन् सबैजना
आफ्नाे चहिं वर्षाैंदेखि चुहुने छ छाना।
छाेराे आउँछ बस्छ काखमा भन्छ मने खाने
नयाँ नाना लगाएर पिङ खेल्न जाने।
बुढी भन्छे दसैंमा त चाेलाे फेर्न पाऊँ
टाल्ने पनि छैन ठाउँ थाेत्राे कति लाऊँ।
साहु भन्छ यसपालि त भाखा नाघ्नु हुन्न
साउँ- ब्याजै नलिई त अब जाँदै जान्न।
दसैँ पनि गरिबलाई त दशै आएजस्ताे
चाडपर्व भन्नू मात्रै सासै थुन्ने कस्ताे!
कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा लौ पञ्चे बाजा बेसरी बज्यो त्यो गैरी खेतमा…
बिन्दा पराजुली बराल क्यानडा असार लाग्यो दर्किदा पानी मन पोल्छ आगर यो बर्खे बेला नलाईकन…
रामशरण न्यौपाने “पाँचघरे” आषाढ लाग्यो रोपाइँगर्न बेँसीमा झर्नु छ बनेन पुल तुहिन बाटै मर्स्याङ्दी…
नीरज काेइराला खाेजेर सुख मिल्छ कि भनी पसेकाे सहर खाडल ठुलाे दुःखकाे मिल्याे हरायाे रहर…
विदुर अधिकारी रामपुर,चितवन कृषक हामी ,बन्नु छ दामी, सत्कर्म गरेर खेतको गरा , सजाऔँ हामी…