Categories: कविता

“आरीघोप्टे पानी”


गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ

वर्षा र शरदको झैझगडा पर्यो कि
न मौसमले सबैलाई चुनौती पो गर्यो कि
अविरल पर्यो पानी असोज मासमा
कति बेर बस्ने होला पानी टर्ने आशमा।

बाटोघाटो हिँड्नलाई पर्यो अप्ठ्यारो
काममा जाने कामदारलाई झनै चटारो
छाता ओढी हिँड्न पनि पानी छेक्दैन
लौ न किन यो पानीले आँखा देख्दैन।

अतालिए गाईभैंसी बसी गोठमा
हाँसो छैन कसैको अहिले ओठमा
डुबानमा पर्नेहरू कायल हुँदै छन्
लालाबाला आँत्तिएर बरा रुँदै छन्।

चरीबरी चारो टिप्न सकेनन् नि जान
कठै ! तिनले केही नि पाएनन् खान
सुसाउँदै खोलानाला उर्लिँदै छन् अति
जताततै पुराएर अपुरणीय क्षति।

दिनमै भयो अन्धकार परेजस्तै रात
किन होला दैवले गरे यत्रो घात ?
आरीघोप्टे पानीले सातोपुत्लो लियो
बर्खामास सकिँदा नि अझै सास्ती दियो।

सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

7 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

7 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

1 day ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

1 day ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago