Categories: बाल कथा

मानवीयता


रुद्र अधिकारी ‘निर्दोषी’
ईटहरी-१९, सुनसरी(हालः लन्डन)

“गुहार ! गुहार !! मलाई बचाउनुहोस् !!! “ धर्मेश घरको छत माथिबाट बिलौना गरिरहेको थियो।
भारी बर्षा पछि आएको बाढीले गर्दा उसको घर डुवानमा परेको थियो।
युट्युबरहरुले भिडियो खिचिरहेका देखिन्थे। कोही पत्रकारहरुले प्रत्यक्ष प्रशारण गर्दै थिए त कोही क्याच्च क्याच्च फोटो खिचिरहेका थिए।
प्रहरीको गाडी आएर रोकियो। प्रहरी भिडलाई हटाउँदै अघिल्तिर गए।
प्रहरी आएको देखेर धर्मेशले पनि उद्धार हुने आशाको लामो श्वास फेर्यौ। अपसोच ! पानीको गहिराई र बहाव देखेर आफु डुबिने डरले प्रहरीको उद्धार टोली पछि हट्यो।
प्रहरीले वाकी-टकीमा कुरा गरेर शसस्त्र र सेनालाई बोलायो। उनीहरु बिच कसले नेतृत्व गर्ने, उद्धार पूर्व तयारी र जोखिम न्यूनिकरण तथा मूल्याङ्कन बिचार विमर्ष चल्यो। कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक असर वा गैर प्राकृतिक संकट अर्थात विपद परेमा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिम्मेवारी लिनु पर्ने कानुनी ब्यवस्था अनुरुप उसैलाई उद्धारको नेतृत्व गर्न दिने निश्कर्ष निकालियो।
भिडबाट एक जना बृद्धले सकी नसकी चिच्चाई रहेको आवाज गुज्जिरहेको थियो, “तिमीहरुको आ-आफ्नू पेशा, भूमिका र जिम्मेवारी होला, यस्तो विपदको बेलामा त्यो सबै बिर्सिएर केही साहस र मानवीयता त देखाउ ! कसैले त धर्मेशलाई बचाउ ! मेरो मेरो शारीरिक अवस्थाले दिँदैन नत्र म हाम फाल्थे।”
हेर्दा हेर्दै पानीको बहाब र उचाई ह्वात्तै बढ्न गई धर्मेशको अकालमा ज्यान गयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

13 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

14 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

14 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago