Categories: बाल कथा

“आवाज”

रञ्जुश्री पराजुली

“दुई छोरी जन्मिए पछि तेस्रो चाहिँ पक्का पनि छोरा नै हुन्छ” भन्ने जोतिषीको भविष्यवाणी कदापी फरक पर्दैन भन्ने विश्वास घरमुली ससुराबाजेलाई छोरा बुहारीको तेस्रो गर्व प्रति विश्वास थियो । अन्धविश्वासी पुरातनवादी उनको सपना पूर्ण भएन ।बुहारीको तेस्रो सन्तान पनि छोरी नै भयो। उनको परिवार संयुक्त थियो । कान्छो छोराको लघातार दुई छोराहरु जन्मिए । प्रथमिक कक्षा गाउँकै पाठ्शालामा सकेर उनीहरु ठूलो शहरको ठुलै अंग्रेजी स्कुलमा पढ्छन् । उनीहरुको लागि शहरमा फ्ल्याट भाडामा लिइएको छ । पकाईतुल्याई सरसफाई गर्न गाँउकै चाकर लगेको छ । सहरमा नातिहरु जसोतसो खालान् बिरामी पर्लान् भनेर शुद्ध आफ्नै गाउँको खेतीको अन्नपात ,तरकारी पठाउँ छन् । जेठो छोराकी जेठी छोरी सीता ती नातिहरु भन्दा जेठी भएर पनि उनी गाउँकै स्कुल जान्छिन् ।”छोरी अर्काको घरजाने जात हो । त्यसैले तिनीहरुलाई पढाउन पनि नपर्ने हो” तर गाउँको स्कुल निशुल्क भएकोले उनले सीता र उनकी माइली बैनीलाई पढ्न छुट दिएका थिए । बिहेनगरेकी नातिनीले भान्छा छुन हुन्न थियो । महिनावारी भएको बेला पुरुषहरुको अगाडि देखा पर्न हुन्न थियो । गाईको दूध ,दही ,मही, घ्यु केही खान दिइँदैन थियो । सीतालाई पहिलो पल्ट महिनावारी हुँदा छाउ गोठमा बस्नु पर्यो ।
छाउगोठ घर भन्दा दुई बारीपाटा तल बासँले छेका घेरेर बनाएको कच्ची छाप्रो थियो । सीता पछि गाउँले काकाकी छोरीलाई पहिलो पटक महिनावारी हुँदा त्यंँही राखेको थियो । राती कुन बेला चितुवाले लछारेर लगेछ फेला परेन । सीता पन्ध्र बर्षकी भैसकेकी थिई । उसलाई कुनै पुरुष बर्ग सङ्ग पनि कुरा गर्न छुट थिएन । स्कुल जाने बेला हजुरबा सधैं ” तैले कुनै केटा सङ्ग कुरा गरेको पत्ता लाग्यो भने भोलि पल्टदेखि पढ्न जान बन्ध है” भनेर धमक्याउँथे । एक दिन” आजदेखि तँ पढ्न जान पाउँदिनस । तलाई हेर्न आज हामीले खोजेको एउटा पँडितको छोरो परिवार सहित आउँदै छन् । तँ कुर्थासुर्था होईन ।आमाको सारी लगाएर निहुरेर केटाको अगाडि आउनु । केही नबोल्नु चुप्प लाग्नु । तेरो बिहे त्यही केटो सङ्ग हुन्छ । तैले नाँई भन्न पाँउदिनस ” भने । सधैं भरी हजुरबुवाले जे भन्यो त्यही चुप्प लागेर सहने सीतालाई स्कुलमा नयाँ अएकी गुरुमाको ” नारी सशक्तीकरण, नारी अवला होइन सवला हो । विश्वमा महानकार्य गरेर नारी शक्तिको उदाहरण प्रस्तुत गरेका छन् ” भन्ने पाठ पढाएकी थिइन् । त्यसको प्रती छाप सीतामा परेको थियो । हजुरबुवाको आफुमाथिको त्यस्तो निच दवाव सुने पछि रातो पिरो अनुहार लगाउँदै ” म हजुरलाई धेरै सम्मान गर्छु । अहिले सम्म कुनै कुरामा पनि म हजुरको इच्छा विपरित गएकी छैन । तर आज बोल्न सम्म नबोलेको मान्छे सङ्ग म बिहे गर्दिन । पहिले ऊसँग  बोल्छु । चिनाजान गर्छु । चित्त बुझ्यो भने बिहे गर्छु । अब मेरो आवाज रोकिदैन ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

22 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

22 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago