घनश्याम रेग्मी
अहिले माटो दुखेको
कुकुर हो कि भुकेको
हुँडार यतै लुकेको
ब्वाँसाले राज्य लुटेको ।१
यसरी देश बन्दैन
बुदुनो फाली खन्दैन
खुसीले बच्चा रुँदैन
दम्भले सत्ता हुँदैन ।२
भोलिको लक्ष्य कता खै
के हुन्छ बस्दा यत्तिकै
उम्लिन्छ रक्त उत्तिकै
दन्केको आगो जत्तिकै ।३
गाउँका घर कच्चा छन्
पालको मुनि बच्चा छन्
ठिहिरो जाडो बढ्दै झन्
चोटका घाउ बढ्दै झन् ।४
राहत केही बढाऊ
स्कुल खोल पढाऊ
बलियो गारो लगाऊ
देशका मान्छे जोगाऊ ।५
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…