Categories: बाल कथा

उजेली

भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट – ४, नवलपुर

उजेली ए ! उजेली उजेली हैन , कहाँ मरी यो ? हेर उज्यालो भइसक्यो । कहाँ गई यो ? अहिले एकछिन पछि भाइलाई स्कुल पुर्याउन जानु पर्ने छ । बस्तुको भकारो सोर्नु त्यसै छ ! पानी पनि खुवाउनु पर्ने छ । काम सबै अलपत्रै त्यसै छ । उता आफूलाई मेलामा जान ढिला भइसक्यो भन्दै आमा कराउनु भयो ।
पधेँराबाट पानी लिएर उजेली आई । हैन, कति बेर लाएकी यहाँ आफूलाई मेलामा जान ढिला भयो । ल ! तिमीले भाइलाई खाना ख्वाएर स्कुल छोड । आएर घरधन्दा गर है ! म गए भन्दै आमा मेलामा जानुभयो ।
सधैं झैँ भाइलाई स्कुल पुर्याएर उजेली त्यहीँ कक्षाकोठा बाहिर बस्छे । उसलाई पढ्नमा अत्यन्त रूचि थियो । एकपटक सुनेका कुरा ट्याप्प टिप्थी । हरेक कुरामा टाठी थिई । भाइलाई स्कुल पुर्याउने र ल्याउने निहुँमा केही न केही सिकेर फर्कन्थी । निरज मास्टरले पढाइ प्रति उजेलीको उत्सुकता , रुचि, चाहनालाई नजिकैबाट नियाल्नु भएको थियो । मास्टरसाप एकदिन उजेलीको घरमै गएर उसका आमाबाबालाई भेट्नु भयो । उजेलीको क्षमता बताउनु भयो । हेर्नुहोस् , यदि उजेलीले पढ्न पाइन भने उनले केही न केही परिवर्तन गर्न सक्छिन् ? उनको दिमाग तीक्ष्ण छ । धेरै राम्रो विद्यार्थी हुनेछिन् । ल न ! कृपया नानीलाई स्कुल पठाइदिनुहोस् भन्दै अनुनय विनय गर्नुभयो , मास्टरसाप ।
उजेलीका आमाबाबा दुबैले आर्थिक अवस्था कमजोर देखाए । छोरी मान्छे पढेर के गर्नु अर्थै छैन ? अर्काको घर जाने जात बरु काम सिके भने आफैलाई सजिलो हुन्छ।भोलि विहेको लागि केटा हेर्न आउँदै छन् । कुरो मिल्यो भने विहे गरिदिने हो ।उजेलीले सबै कुरा भित्रबाहिर गर्दा सुनेकी थिई । आमाबुवाले पुन: सम्झाउदै हेर छोरी ! छोरी मान्छेको जातले पढ्नु पर्दैन । घरको काम गर्न सिपालु हुनुपर्छ । भोलि विहे गरेपछि घर गरेर खान सजिलो हुन्छ । सबैको प्यारो भइन्छ । नत्र कस्ताको खलक रहेछ कुन्नी ? केही पनि नसिकाएका त्यसका बाउआमाले भन्छन् । हाम्रो इज्जत राख्नु पर्छ है , बुझ्यौ छोरी ! आदि आदि भन्दै सम्झाउनु भयो।
पढ्ने इच्छा मनमा कति कति भएर पनि अनयासै हस् भनेर टाउको हल्लाई । पुन: आफ्नो काममा लागि उजेली ।
मनमनै सोची, “पढनका लागि त छोरा भएर जन्मनु पर्ने रहेछ । भाग्य नै खोटो भएसि के गर्नु खै भनेर चित्त बुझाई ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

20 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

21 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

21 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

21 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago