कृष्ण बोहरा
त्रिपुरासुन्दरी ६,
सिन्धुपाल्चोक
तिनी आफ्नो परिवार खोज्न भौंतारिरहेकी थिइन। आमा र परिवारको खोजीमा नेपाल आएकी यो तीनको दशौँ पटक हो।निकै बर्ष अघि ललितपुरको एक भाषा सिकाई कक्षामा ५ महिना जति नेपाली भाषा पनि सिकिन। भाषा सिक्नुको उद्देश्य पनि उनको परिवार र आमा भेट्टाउनु नै थियो। तैपनि उनी सफल हुन सकेकी छैनन।
तिनको नाम शान्ती चालिसे हो। जन्मेको दस दिनमा आमा लक्ष्मी चालिसेले कान्तिपुरको एउटा बालगृहको जिम्मामा छोडेर गएकी रहिछन। कारण बाबाले छोडेर गएको र आमाको बच्चा पाल्ने हैसियत नभएको भन्ने छ। तीनको घर शुनकोसी भन्ने बाल गृहको रेकर्डमा देखिन्छ। दुई महिना पछि नै बालगृहले निदरल्याण्ड बुढाबुढीलाई धर्मपुत्री बनाई पठायो।
शान्ती भन्छिन, ” मलाई सेतो छाला हुनेले निदरल्याण्ड लग्यो। आफू ठूलो भएपछि छालाको रङ्ग नमिलेको कारण मेरो आमा बा यिनीहरु होईनन भन्ने लाग्यो। अर्को यस्तै धर्मपुत्रको रुपमा गएका तामाङ थरका दाजुले हाम्रो घर नेपाल हो भनेपछि मेरो शंका पुष्टि पनि भयो।
शान्ती अहिले ४५ बर्ष भैसकिन। आमाको माया, मात्री देशको मायाले फेरि पनि नेपाल आएकी छिन। उनले हात जोडेर भनेकी छिन, ” परिवार खोज्न सबैले मलाई सघाई दिनुहोला!
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…