Categories: बाल कथा

“माया”

 

कृष्ण बोहरा
त्रिपुरासुन्दरी ६,
सिन्धुपाल्चोक

तिनी आफ्नो परिवार खोज्न भौंतारिरहेकी थिइन। आमा र परिवारको खोजीमा नेपाल आएकी यो तीनको दशौँ पटक हो।निकै बर्ष अघि ललितपुरको एक भाषा सिकाई कक्षामा ५ महिना जति नेपाली भाषा पनि सिकिन। भाषा सिक्नुको उद्देश्य पनि उनको परिवार र आमा भेट्टाउनु नै थियो। तैपनि उनी सफल हुन सकेकी छैनन।
तिनको नाम शान्ती चालिसे हो। जन्मेको दस दिनमा आमा लक्ष्मी चालिसेले कान्तिपुरको एउटा बालगृहको जिम्मामा छोडेर गएकी रहिछन। कारण बाबाले छोडेर गएको र आमाको बच्चा पाल्ने हैसियत नभएको भन्ने छ। तीनको घर शुनकोसी भन्ने बाल गृहको रेकर्डमा देखिन्छ। दुई महिना पछि नै बालगृहले निदरल्याण्ड बुढाबुढीलाई धर्मपुत्री बनाई पठायो।
शान्ती भन्छिन, ” मलाई सेतो छाला हुनेले निदरल्याण्ड लग्यो। आफू ठूलो भएपछि छालाको रङ्ग नमिलेको कारण मेरो आमा बा यिनीहरु होईनन भन्ने लाग्यो। अर्को यस्तै धर्मपुत्रको रुपमा गएका तामाङ थरका दाजुले हाम्रो घर नेपाल हो भनेपछि मेरो शंका पुष्टि पनि भयो।
शान्ती अहिले ४५ बर्ष भैसकिन। आमाको माया, मात्री देशको मायाले फेरि पनि नेपाल आएकी छिन। उनले हात जोडेर भनेकी छिन, ” परिवार खोज्न सबैले मलाई सघाई दिनुहोला!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“असार”

देव भट्टराई आयो असार महिना खुश छन् किसान। फर्केर आउँछ भनी सुखको बिहान॥ बेकार राख्छ…

14 hours ago

परिवर्तनको सुरुवात

इन्दु उपाध्याय हेलेम- मिसामारी, आसाम विद्यालयको घण्टी बज्नासाथ कक्षा नौका विद्यार्थीहरू आ-आफ्नो स्थानमा बसे। केही…

14 hours ago

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

2 days ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

2 days ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

3 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

3 days ago