Categories: बाल कथा

उज्यालोको बत्ती


नन्दलाल आचार्य

“सर, आज विद्यालयमा किन कुनै कार्यक्रम छैन ?” कक्षा–८ का रेशमको आकस्मिक प्रश्नले बिहानको मौनता तोड्यो।
प्रधानाध्यापकको स्वर कठोर थियो- “सबै धर्मको पछि लाग्ने हो र ? यो विद्यालय त सरकारी हो !”
रेशमको स्वर झनझन स्पष्ट भयो- “तर आज फाल्गुनन्द महागुरुको जयन्ती हो नि सर, हामी सबैका साझा गुरु, राष्ट्रिय विभूति !”
प्रधानाध्यापक मुस्कुराएनन् । उनले कक्षाको घण्टी बजाउन भने । तर रेशमले विद्यालयको ढोकामा एउटा पाना टाँसिसकेको थियो- “धर्मको अर्थ विभाजन होइन, बत्ती बाल्नु हो ।”
कक्षा सुरु हुनुअघि नै विद्यार्थी र शिक्षकहरू पर्चा वरिपरि उभिएका थिए । कोही पढ्दै, कोही सोच्दै थिए।प्रधानाध्यापक ढोकानेर आए, पर्चामा नजर गाडे र सोधे- “रेशम, यो के लेखेको हो ?”
रेशमले शान्त स्वरमा भन्यो- “म मात्रै होइन सर, हाम्रो चेतनाले लेखेको हो ।”
एकछिन मौनता छायो । प्रधानाध्यापकले टाउको हल्लाए, रेशमको काँधमा हात राख्दै भने- “अबदेखि हरेक महान् व्यक्तित्वको जयन्ती यस विद्यालयमा समेत मनाइनेछ ।”
तत्कालै सूचना पाटीमा नयाँ शीर्षक टाँसियो- ‘शिक्षा होइन, संस्कारको विद्यालय’ “चेतनासहितको सहअस्तित्व उज्यालो धर्म बनेमा विद्यालय मात्रै होइन, देश नै उज्यालो हुन्छ ।” शिक्षकहरूमा यस्तै कुरा चल्न थाल्यो।
बाहिर बिहानको घाम एकैछिनमै झ्यालभरि पसिसकेको थियो । यो देखेर रेशम मुस्कुरायो- “महागुरु फाल्गुनानन्दले बाल्नुभएको बत्ती अझै निभेको छैन, सर !”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

28 minutes ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

47 minutes ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago