मधुसूदन पराजुली मानव
काभ्रे

“हामी दलित हामीले छोएको पानी खान हुन्न रे ! के हामी दलित हौँ‌ ?”
खुल्ला सडकमा दलित समुदायका नायक राम दर्जी भाषण दिँदै थिए।
दलित समुदायका हकहितको संरक्षण गर्न उनी लडिरहेका थिए ।
उनको हातमा “दलितलाई खै त” लेखिएको साइनबोर्ड थियो।
उनको वरपर पत्रकार जम्मा भएका थिए । त्यसैले बीचका एक पत्रकारले सोधे ।
के तपाईँ साँच्चै दलित हो ?
“होइन। हामी कदापि दलित थिएनौँ । हाम्रै कलाबाट हिजोका मानिसले लत्ता कपडा पाएका थिए। हामी कसरी दलित हुन्छौँ ।”
राम दर्जीले गर्वसाथ जवाफ दिए।
“दलितलाई खै त” यो साइन बोर्डले तपाईँकै बिरोध गर्दै छ तपाईँलाई गिज्याइरहेको छ के भन्न चाहनुहुन्छ ? पत्रकारले पुनः प्रश्न गरे।
राम दर्जी अवाक्।

सारथि बाल पत्रिका

View Comments

  • I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

8 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

9 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

9 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

1 day ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 day ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago