Categories: बाल कथा

उज्यालो दिन


नन्दलाल आचार्य

“दिदी, यहाँ किन यति धेरै बालबालिका भेला भएका छन्, तर सबैका अनुहारमा उज्यालो छैन ?” ​निखिलले भीडको छेउमा उभिएकी आफ्नी दिदी सरीको हात समातेर सोध्यो।
२० नोभेम्बरको त्यस मध्यान्हमा विश्व बालदिवसको भव्य भाषण मञ्चबाट गुञ्जिरहेको थियो, तर मञ्चमुनि अवस्था उस्तै थियो- केही अभाव, थाकेका अनुहार र चिसोले भिजेका जुत्ताहरू ।​ दिदीले निखिललाई मञ्चबाट अलि पर एउटा बुट्यानको आडमा लुकिरहेका तीन स-साना बालबालिकातिर इसारा गरिन्- “हेर् त निखिल, उनीहरू सायद यहाँ निम्त्याइएका छैनन्।”
​त्यस क्षण हावा एकछिन रोकिएको जस्तो भयो । शहरको चटक्क रङ्गिएको उत्सवको ठीक छेउमा बेवास्ताको एउटा कालो छायाँ सधैँझैँ उपस्थित थियो । ​निखिलले आफ्नो काँध सीधा पार्यो- “दिदी, तिनीहरूलाई म नै बोलाऊँ, त ?”
दिदी मुस्कुराइन्- उनको मुस्कानमा एउटा सानो सूर्योदयको झल्को थियो- “हो भाइ । यस दिनको अर्थ त यही हो, जुन हातहरू छुटेका छन्, तिनै हातहरू समात्नु । यो उत्सव सबैको हो।”
म ​उनीहरू तीनै जनालाई लिएर भीडतिर हिँडे। उनीहरू भीडमा मिसिँदै गर्दा, मञ्चमा बत्ती झिम्कियो र उद्घोषकको आवाज सुनियो- “सबै बालबालिकालाई हार्दिक स्वागत छ !”
​तर ठीक त्यही क्षण, भीड छिचोल्दै गर्दा सरीले निखिलको कानमा भनिन्- “हेर निखिल, स्वागत त भयो, तर मलाई लाग्छ, आयोजकको सूचीमा तिनीहरूको नाम अझै पनि छैन…।”
​यो ‘उज्यालो दिन’ मा पनि फेरि भुइँतिर हेर्न बाध्य बनायो । एकाएक वातावरणमा मौनता छायो।
अघिदेखि सरी र निखिलको क्रियाकलापका प्रत्यक्षदर्शी नेपाली शिक्षकले मञ्चमा आफ्नो भनाइ राख्दा भने; “बालदिवसको साँचो अर्थ उत्सवमा होइन, ती बेवास्ता गरिएका अनुहारको “स्वीकार” मा लुकेको छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“प्रथमआषाढ”

शोभा कोइराला तातो हावा अतिशय भयो रोकिने छाँट छैन आषाढैको प्रथम दिनमै खोज्न केही हुँदैन…

23 hours ago

इन्द्रेणी बेलुन

मौसमी चंद्रा पटना बिहार गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात…

24 hours ago

प्रभाव

दुर्गा घिमिरे लागूपदार्थ सेवन र यसको असरबारे सचेतना कार्यक्रम चलिरहेको थियो। विभिन्न वक्ताहरूले लागूपदार्थको दुष्प्रभावबारे…

1 day ago

“प्वाल परेकाे माेजा”

प्रमाेद नेपाल "बाबा ! हजुरकाे र मेराे माेजा उस्तै ।" नातिनीकाे कुरा सुनेर धनबहादुर जिल्ल…

2 days ago

“बालकको खेल्ने रहर”

शान्ति भण्डारी दाहाल बुद्धनगर काठमाण्डौँ ऋतु र वर्षा दिदी भाइ थिए । ऋतुले भाइ वर्षालाई…

2 days ago

पैसा

दुर्गा घिमिरे "बा निकै बिरामी हुनुहुन्छ। डाक्टरले तुरुन्तै अप्रेशन गर्नुपर्छ भनेका छन्। कम्तीमा पचास हजार…

3 days ago