Categories: कविता

“बालकलाई”


उमानाथ दाहाल

हौ कोपिला सरल, शान्त चटक्क फुल्नु
लोभी र भ्रष्ट हुन चैँ भर जन्म भुल्नु
भर्दै प्रकाश मनमा तम दूर फाल्नु
सच्चा सुपात्र बनिँदै गति अग्र चाल्नु।

मिल्लान् सुमार्ग सहजै अघि बढ्नलाई
प्रख्यात हौ भुवनमा चुलियोस् उचाई
आँखा उघार परसम्म नियाल्न खोज
उद्देश्य उच्च मन माझ गमेर रोज।

मौका अनेकतिर छन् बुझ रोज्नलाई
चाहन्छ जे जगतले दरिलो समाई
जे रोज्दछौ सहज लाग मनै लगाई
उत्कृष्ट हौ लगनले चुलियोस् उचाई।

माता, पिता, गुरु सबै जन आस तिम्रो
गर्दैछ राष्ट्र पनि यो बुझ आस तिम्रो
मार्ने नगर्नु कहिल्यै तिन आसलाई
आशा प्रदीप्त बनिउन् धरणी सजाई।

बढ्दैरहोस् गति उता पर पुग्नु पर्छ
झुल्क्योस् प्रकाश मनमा प्रतिभा निखार्छ
पुर्खा नभुल्नु कहिल्यै पनि मार्गद्रष्टा
तिम्रा अमोल सृजना बनिउन् विशिष्ट।

आलस्य, काँतर पना फर फाल्नु जान्नु
सम्झेर मातृ धरणी पद चाल्नु मान्नु
हुर्केर यौवनछटा जव दिन्छ साथ
सेवा र ध्यैर्य भरियोस् परिपूर्ण माथ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

7 minutes ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

29 minutes ago

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

24 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

1 day ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

1 day ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago