Categories: बाल कथा

उज्यालो


गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ

“ के गर्नु ,भगवान् पनि गरिबका कति परीक्षा लिन सक्छन् कुन्नि ? बिचरा लाऊँलाऊँको उमेरमा मरेछ ।”मुहारपुस्तिकामा घोरिरहेका दीपकले भने ।
“ को मर्यो र बुबा ? ” रुपकको मनमा आशंकाको बादल मडारियो ।
“ हेर न तिहारको झिलिमिली बत्ती हाल्न गएका एकजना कामदार करेन्ट लागेर मरेछन् । बिचरा ! घरपरिवार कति रोए होलान् ? ” दीपकले मोबाइलको समाचार देखाउँदै भने । एकछिन सन्नाटा छायो।
“ मलाई त यो तिहारमा झिलिमिली बत्ती हाल्न नै मन छैन बाबु । अलिकति गडबड भयो भने यति ठूलो विपत्ति आइलाग्छ ।” दीपकले खुइँय्य सुस्केरा हाले ।
“ तपाईँको कुरा नि ठिक हो बुढा तर झिलिमिली बत्ती नहाल्दा केटाकेटीले खल्लो मान्ने हुन् कि ?” दीपकको नजिकै बत्ती काटेर बसिरहेकी राधिकाले भनिन् ।
“ हामी केही आपत्ति जनाउँदैनौँ हजुरआमा । अनावश्यक साजसज्जामा गरिने फजुल खर्चले होइन , मितव्ययी भएर परम्परा धान्ने बानीले पो त सबैतिर उज्यालो छाउँछ त । ” सबैलाई आश्चर्यचकित बनाउँदै नातिले भन्यो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

20 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

20 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

20 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago