Categories: बाल कथा

उपहार


श्री पोखरेल
इटहरी, सुनसरी

गर्ल्याम आवाज आयो । डोको र हँसिया फालेर श्रीधर कुदेर बुबाको कोठामा पुग्यो र चिच्यायो “सुनिता छिट्टै एक लोहोटा पानी ल्याउ त ।”
सुनिताले बुबालाई पानी छम्किइन्, श्रीधर गोडामा मालिस गर्नथाले । केही बेरमा बुबा बौरिए।
“के भयो बुबा हजुरलाई ?” उनले सोधे ।
“छोरा नराम्रो सपना देखेँ ।”
“के देख्नुभयो र लड्नुभयो त ।” उनले नराम्रो सपना बुझ्न चाहे ।
“नानी ! जङ्गलमा दाउरेले एउटा बुढो रुख काट्दै थियो । रुखको छेउकै जवान रुखले भन्यो खबरदार ! यसरी हामीलाई विनाश गर्यौ भने तिमीहरूको पनि विनाश हुनेछ । दाउरे एकोहोरो रुख काटी रह्यो । अन्त्यमा गर्ल्याम रुख लड्यो ।” बुबाले सपनाको बेलिबिस्तार लगाए ।
श्रीधरले सुनीता तर्फ फर्किएर सोधे “तिमीले बुबाको सेवामा केही कमी गर्यौ कि क्याहो ?”
उनले जवाफमा भनिन् “सायद बुबालाई त्यस्तो महसुस पो भयो कि !”
बुबाको गोडा मालिस गर्दै उनले भने “सुनिता ! वनजङ्गल पर्यावरणको लागि जति महत्वपूर्ण उपहार हुन् नि जेष्ठ नागरिकहरू पनि समाजको लागि त्यत्तिनै महत्वपूर्ण उपहार हुन्।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

14 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

14 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

14 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

15 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago