शान्ता तिम्सिना
भक्तपुर सिर्जनानगर

“बाबा आमाको सपना पनि माटोमै मिल्ने भो ! कति भन्दा पनि लागेन यसलाई ।” दिदी फतफताउदै थिइ । दिदीको कुरालाई खासै वास्ता नगरी भाइ भने मोबाइलमै ब्यस्त थियो।
“बाबू , कति साह्रो मोबाइलमा झुन्डिएको ? एक छिन् त पढ् ! ” दिदीले मोबाइल खोस्दै भनी।
“एकछिन पछि पढिहाल्छु नि ! मोबाइल देउन , दिदी !” जिद्धी गर्दै भन्यो।
“परीक्षा आउन लाग्यो , मिहिनेत गरेर पढ्नु पर्दैन ?” दिदीले रिसाउदै भनी।
“कति कराउन सक्छ्यौ , दिदी ! खै ,लेउ मोबाइन !” दिदीको हातबाट मोबाइल खोस्दै भन्यो।
“सानैमा बा- आमा गुमाएँ । उहाँहरुको सपना पूरा गर्ने जिम्मा हामीमाथि छ , भन्ने सोचेकी थिएँ तर तैँले त बिर्सिस् होइन ?” दिदीको स्वर भिजेको थियो।
दिदीका शब्दले ऊ झस्किएको थियो। “शहरको घडेरी बेचेर तिमीहरुले पढ्नु ! छोरो डाक्टर, र छोरी नर्स ! ” हाम्रो अधुरो सपना तिमीहरुले पूरा गर्नु , है ! कानमा बा -आमाको अन्तिम बोली गुञ्जिन थाल्यो।
एकाएक उसले मोबाइल बन्द गरेर राख्यो अनि दिदीका आँसु पुछ्दै भन्यो ; “चिन्ता नलेउ दिदी ! ,यसपटक म तिमीलाई निराश बनाउँदिन । हामी दुई मिलेर उहाँहरुको सपना पूरा गर्नुपर्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

15 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

16 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

16 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

16 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago